आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
आर्थिक
Jul 23, 2018
एनआईसी एशिया र सुर्या लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स
सोमबार, श्रावन ७, २०७५
काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब बैंकका ग्राहले मुलुकभर फैलिएका बैंकको २ सय ३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे । मुलुकभर २ सय ३२ शाखा कार्यालयहरु, २ सय २० एटिएम १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत एनआईसी एशियाले बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको वासलातको आकार १ सय ७५ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ सय ५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । साथै कर्जा करिब १ सय १९ अर्ब रुपैयाँसहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa