मंगलवार, ३ पौष, २०७५ (Tue, 18 December, 2018)
खेलकूद
Jul 25, 2018
१३औं सागका २७ खेलको सबै इभेन्ट्स सार्वजनिक
बुधबार, श्रावन ९, २०७५
काठमाडौं : नेपालमा आयोजना हुने १३औं दक्षिण एसयाली खेलकुद (साग) मा समावेश २७ खेलमा समावेश सबै इभेन्ट्स सार्वजनिक भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै २७ खेलमा समावेश महिला पुरुषका इभेन्ट्को बारेमा जानकारी दिएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार बसेको बैठकले २ खेल क्रिकेट (यू २३) र प्याराग्लाइडिङ थप्दै २७ खेल बनाएको थियो ।

सागमा क्रिकेट दोस्रो र प्याराग्लाइडिङ समावेश गरिएको खेल हो । काउन्सिलका समेत अध्यक्ष रहेका एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले क्रिकेटको लोकप्रियता र नयाँ खेलका रुपमा विकसित हुँदै गएकोले प्याराग्लाइडिङलाई समावेश गरिएको बताए । १३औं साग सन् २०१९ मार्च ९ देखि १८ सम्म नेपालमा हुने बताइएको छ । २७ खेलमा समावेश सबै इभेन्ट्सका बारेमा पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

खेलका इभेन्ट्सहरु
भलिबल– महिला र पुरुष
बिच भलिबल– महिला र पुरुष
फुटबल– पुरुष (यू–२३ टिम र महिला राष्ट्रिय टिम)
क्रिकेट– पुरुष यु–२३ र महिला
एथलेटिक्स– महिला र पुरुषमा समान १९ विधा
१०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५ हजार मिटर, १० हजार मिटर, ११० मिटर हडल्स, ४०० मिटर हडल्स, ३ हजार मिटर, ४÷१०० रिले, ४÷४०० रिले, हाईजम्प, लन जम्प, ट्रिपल जम्प, सटपुट, डिस्कस थ्रो, ज्याभ्लिन थ्रो, फुल म्याराथन ।

बास्केटबल– महिला पुरुष थ्री वाई थ्री र फाइभ बाई फाइभ
बक्सिङ– पुरुषमा १० तौल समूह र महिलामा ६ तौल समूह
महिलाः ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६४ केजी
पुरुषः ४९ केजी, ५२ केजी, ५६ केजी, ६० केजी, ६४ केजी, ६९ केजी, ७५ केजी, ८१ केजी, ९१ केजी, ९१ केजीमाथि

आर्चरी– महिला र पुरुषमा व्यक्तिगत रिकर्भ, टिम रिकर्भ, टिम कम्पाउण्ड र मिक्स टिम रिकर्भ, कम्पाउण्ड

ब्याडमिन्टन– पुरुषमा र महलामा सिंगल, डबल, टिम र मिक्स डबल्स
साइक्लिङ– रोड महिला र पुरुषमा ४० किमी ट्रायल र ७० किमी ट्रायल

माउन्टेन बाइक– क्रस कन्ट्री, डाउनहिल (महिलारपुरुष)
फेन्सिङ– व्यक्तिगत फोयल, टिम फोयल, व्यक्तिगत इपि, टिम इपि, व्यक्तिगत साब्रे, टिम साब्रे (महिला र पुरुष)

गल्फ– व्यक्तिगत, टिम– महिला र पुरुष)
ह्यान्डबल – महिला र पुरुष टिम
जुडो – महिला र पुरुषमा समान सात तौल समूह र टिम च्याम्पियनसिप
महिला ः (४८केजी, ५२ केजी, ५७ केजी, ६३ केजी, ७० केजी, ७८ केजी र ७८ केजी तौलभन्दा माथि,

पुरुषः ६० केजी, ६६केजी, ७३ केजी, ८१ केजी, ९० केजी, १०० केजी र १०० केजी तौलभन्दा माथि र महिला र पुरुष टिम इभेन्टस

कबड्डी– महिला र पुरुष
कराते– महिलामा ६ तौलसमूह र पुरुषमा ७ तौल समूह, टिम कुमुते, काताः महिला एकल काता र पुरुष एकल काता
महिलाः (कुमुते) ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ केजी तौलभन्दा माथि
पुरुषः ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी, र ८४ केजी तौलभन्दा माथि ।

खोखो– महिला र पुरुष टिम
सुटिङ – राइफलः १० मिटर एयर, ५० मिटर एयर, मिक्स (महिला र पुरुष)
पेस्तोलः १० मिटर एयर, २५ मिटर एयर, ५० मिटर एयर, मिक्स (महिला र पुरुष), स्क्वास –व्यक्तिगत, टिम –महिला र पुरुष)

स्विमिङ– महिला र पुरुषमा विभिन्न २० इभेन्ट्स समावेश
टेबल टेनिसः व्यक्तिगत, डबल्स, टिम र मिक्स डबल्स् (महिला र पुरुष)

तेक्वान्दो– महिला र पुरुषमा समान ८ तौल समुह
महिला ग्यारोगीः ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६२ केजी, ६७ केजी, ७३ केजी र ७३ केजी तौल, पुरुष ग्यरोगीः ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७४ केजी, ८० केजी, ८७ केजी र ८७ केजी तौलभन्दा माथि
पुम्सेः व्यक्तिगत, टिम र मिक्स (महिला, पुरुष)

टेनिस– महिला र पुरुषमा सिंगल, डबल्स्, टिम र मिक्स डबल्स् ( ट्रायथोलन– व्यक्तिगत, स्प्रिन्ट, ७५० मिटर स्वीमिङ, २० किमी साइक्लिङ, मिक्स टिम रिले, ५ किमी दौड र दुवाथोलन (महिला र पुरुष)

भारोत्तोलन– महिला र पुरुषमा समान १० तौल समुह, महिलाः ४५ केजी, ४९ केजी, ५५ केजी, ५९ केजी, ६४ केजी, ७१ केजी, ७६ केजी, ८१ केजी, ८७ केजी, ८७ केजीभन्दा माथि, पुरुषः ५५ केजी, ६१ केजी, ६७ केजी, ७३ केजी, ८१ केजी, ८९ केजी, ९६ केजी, १०२ केजी, १०९ केजी र १०९ केजीभन्दा माथि
कुस्ती– महिला र पुरुषमा समान १० तौल समूह, महिलाः ५० केजी, ५३ केजी, ५५ केजी, ५७ केजी, ५९ केजी,६२ केजी, ६५ केजी, ६८ केजी, ७२ केजी र ७६ केजी, पुरुषः ५७ केजी, ६१ केजी, ६५ केजी, ७० केजी, ७४ केजी, ७९ केजी, ८६ केजी, ९२ केजी, ९७ केजी र १२५ केजी

उसु– थाउलो, सान्सौं (महिला र पुरुष), थाउलो पुरुषतर्फ ६ र महिला तर्फ ४ विधा, सान्सौंः पुरुषतर्फ ८ तौल समुह र महिलामा ६ तौल समूह
प्याराग्लाइडिङ– एक्युरेसीः व्यक्तिगत, टिम (महिला र पुरुष)

क्रस कन्ट्रीः व्यक्तिगत, टिम (महिला र पुरुष)

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan