शुक्रबार, २ कार्तिक, २०७५ (Fri, 19 October, 2018)
खेलकूद
Jul 25, 2018
एसियाडमा नेपाल समूह ‘डी’मा, जापानसँग प्रतिस्पर्धा गर्ने
बुधबार, श्रावन ९, २०७५
काठमाडौं : इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल समूह ‘डी’ मा रहेको छ । एसियाली फुटबल महासंघ (एएफसी) बुधबार सार्वजनिक गरेको नया टाइसिट ‘ड्र’ अनुसार नेपाल समूह ‘डी मा रहेको हो ।

नेपाल रहेको समूहमा एसियाली पावरहाउस जापानसँगै भियतनाम र पाकिस्तान छन् । एसियाडमा प्यालेस्टाइन र युनाइटेड अरब इमिरेट्स (युएई) छुटेका कारण एसियाड आयोजक समितिले पुन टाइसिट ‘ड्र’ सार्वजनिक गरेको थियो । सार्वजनिक भएको ‘ड्र’ अनुसार समूह ‘ए’ मा इन्डोनेसिया, हङकङ, लाओस, चाइनिज ताइपे र प्यालेस्टाइन रहेका छन् ।

समूह ‘बी’ मा थाइल्यान्ड, उज्वेकिस्तान, बंगलादेश र कबतार रहेका छन् । यस्तै समूह ‘सी’ मा इराक, चीन, टिमोर सिस्टे र सिरिया रहेका छन् । समूह ‘ईं’ मा कोरिया रिपब्लिक, किर्गिस्तान, मलेसिया, बहराइन र युएईं रहेका छन् । यस्तै समूह ‘एफ’ मा साउदी अरेबिया, उत्तर कोरिया, इरान र म्यानमार रहेका छन् ।

एसियाडमा यु–२३ का खेलाडीहरु हुनेछ । ओलम्पिकको नियम अनुसार एसियाडमा सिनियर ३ खेलाडी राख्न पाउने प्रावधान छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीका मुख्य प्रशिक्षक जापानी ग्यातुको कोजीको सिफारिसमा एसियाडका लागि २० सदस्यीय टिमको घोषणा गर्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेको छ ।

एसियाडमा सिनियर खेलाडीको रुपमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र विशाल राईलाई छनोट गरेको छ । विशाल भरत खवासको स्थानमा आएका हुन् । भरतले ग्रोइन इन्जुरीका कारण एसियाड गुमाउने भएपछि उनको स्थानमा कोजीले विशाललाई मौका दिएका हुन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan