बुधबार, ४ पौष, २०७५ (Wed, 19 December, 2018)
खेलकूद
Jul 25, 2018
दाङको बेल झुण्डीमा खेलकुद रंगशाला निर्माण हुने
बुधबार, श्रावन ९, २०७५
दाङ : दाङको बेल झुण्डीमा खेलकुद रंगशाला निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदले २४ करोडको लागतमा बेल झुण्डी एथलेटिक्स ट्रयाक एण्ड फिल्ड निर्माण हुने भएको हो । निर्माण कम्पनीले ८ महिना भित्र काम सक्नु पर्नेछ ।

बुधबार सभामुख कृष्ण बहादुर महराले रंगशालाको शिलान्यास गरेका थिए । सेन्थेटिक एथलेटिक्स ट्रयाक निर्माण, फुटबल मैदान निर्माण, नालि निर्मण, भिआईपी प्याराफिट निर्माण, खेलाडी चेञ्जिङ्ग रुम, बैठक कक्ष, भिआईपी र मिडिया घर निर्माण र साधारण प्याराफिट निर्माण हुनेछ । मैदान निर्माणको ठेक्का दिवाएम प्रतिष्ठान जेभि काठमाण्डौँले पाएको छ । रंगशालाको शिलान्यास गर्दै सभामुख महराले नेपाललाई खेलकुदको हब बनाउन सकिने बताए ।

दाङको तुलसीपुर उपमहानगरपालिकालाई स्पोर्ट सिटीको रुपमा घोषणा गरिएको भन्दै सभामुख महराले देशका धेरै शहरलाई खेलकुद शहरको रुपमा विकास गर्न सकिने बताए । कार्यक्रमलाई सम्वोधन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आँउदो मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा आफूहरु रहेको भन्दै शिलान्यास गरिएको रंगशालामा प्रतियोगिताको समापन आयोजना गरिने जाकारी दिए ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan