मंगलवार, ३० असोज, २०७५ (Tue, 16 October, 2018)
खेलकूद
Jul 25, 2018
अन्नपूर्णपोष्ट ईन्टरनेशनल कर्पोरेटब्याड मिन्टन प्रतियोगिता जारी
बुधबार, श्रावन ९, २०७५
काठमाडौं : नेपालका प्रिन्स दाहाल र एपीएफका दिपेश धामी अन्नपूर्णपोष्ट ईन्टरनेशनल कर्पारेटब्याड मिन्टन प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा आज भएको पुरुष सिंगल्स तर्फको खेलमा एपीएफका दिपेश धामीले सुनिल जोशीलाई हराउँदै चौथो चरणमा प्रवेश गरेका हुन । धामीले जोशीलाई २१-१५, १८-२१ र २१-१० को सेटमा हराउन सफल भएका हुन् ।

अर्को खेलमा नेपालका प्रिन्स दाहालले बाई पाएर सिधै चौथो चरणका लागि छनोट भए । पुरुष सिंगल्स तर्फकै खेलमा भारतका शुभडेले नेपाल पुलिस क्लबका दिपक बोहरालाई २१-१३ र २१-१९ को साझो सेटमा हराए भने बंगलादेशका मोहमद सलमान खानले एपीएफका बिजित थापामगरलाई २१-११ र २१-१३ को सोझो सेटमा पाखा लगाए ।

आजै भएको तेश्रो चरणको खेलमा आर्मीका रुकेश महर्जनले भारतका शेखमोहमद रहिमलाई २१-१७ र २१-१३ को सोझो सेटमा हराउँदै चौथो चरणमा पुग्नसफल भएका छन ।

यता महिला सिंगल्स तर्फको दोश्रो चरणको खेलमा नेपाल आर्मीकी नङसला तामाङ जेष्ट ब्याडिमिन्टनकी मनिषा खड्कालाई हराउँदै तेश्रो चरणमा पुगिन् । तामाङले खड्कालाई २१-७ र २१-३ को साझो सेटमा हराएकी हुन् । महिला सिंगलसको अन्य खेलमा बाँकेकी सम्झना शर्माले प्रदेश ४ की प्रजिता गुरुङलाई २१-७ र २१-१२ को साझो सेटमा हराईन भने पाकिस्तानकी साहजेद माहुरले प्रदेश १ की सिमा राजवंशी बिरुद्ध बाई पाउँदै तेश्रो चराणको यात्रा तय गरिन् ।

यस्तै एपीएफकी शोभा गौचनले प्रदेश १ की निता लम्साललाई २१-१७ र २३-२१ को सेटमा हराईन भने नेपाल आर्मीकी रसिला महर्जनले प्रदेश ५ की समिक्षा न्यौपानेलाई २१-५ र २१-७ को सोझो सेटमा पाखा लगाउँदै तेश्रो चरणमा स्थान पक्का गरिन् । आजै भएको महिला सिंगल्स तर्फको खेलमा नेपाल आर्मीकी अनु राईले प्रदेश ५ की सुस्मा श्रेष्ठलाई २१-९ र २१-८ को सेटमा पाखा लगाईन भने भोजपुरकी सिता राईले प्रदेश ६ की पुष्पा शाहीलाई २१-१० र २१-४ को सेटमा हराईन् । यस विधाको आजको अन्तिम खेलमा आर्मीकी अमिता गिरीले प्रदेश ४ की आकृति केसिलाई २१-३ र २१-६ ले हराउँदै तेश्रो चरणमा प्रवेश गरेकी छिन् ।

प्रतियोगिता अन्तर्गत पुरुष अन्डर नाईन्टिन सिंगल्स तर्फको तेश्रो चरणमा प्रफुल महर्जन, प्रनिश सिंहठकुरी, पबिन लिङथेप, सुनिल जोशी, विधान अधिकारी, रुकेश महर्जन, निराजन चौधरी र प्रिन्स दाहालले आआफ्नो खेल जित्दै चौथो चरणमा स्थान बनाएका छन् । यस्तै महिला अन्डर नाईन्टिन सिंगल्स तर्फको दोश्रो चरणको खेलमा जेसिका गुरुङ, आकृतिकेसि, निता लम्साल, श्रद्धेया प्रधान, रन्जना भट्ट, चित्रा हरित वालार रसियल प्रधान विजयी बन्दै तेश्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको फाईनल साउन १२ गते हुनेछ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan