सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
समाचार
Aug 01, 2018
सुनुवाई समितिले प्रधानन्यायाधीशबारे अझै निर्णय लिन सकेन, अर्को बैठक शुक्रबार
बुधबार, श्रावन १६, २०७५
काठमाडौं : प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा संसदीय सुनुवाइ समितिको पाँचौं बैठक पनि अनिर्णित बनेको छ ।

आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय लिने अनुमान गरिएको थियो । तर समितिका सदस्यबीच नै घनीभूत आवश्यक रहेको भन्दै अर्को बैठक शुक्रबारलाई बोलाइएको जानकारी समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । सहमतिमै निर्णयमा पुग्नका लागि समय माग भएकाले बैठक स्थगित गरिएको उनको भनाई छ ।

सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरे पनि जोशीको हकमा बैठक पटकपटक सर्दै आएको छ । सत्ता पक्ष र प्रतिपक्ष सांसदबीच कुरा नमिल्दा बैठक निष्कर्शमा पुग्न नसकेको हो ।

बिहीबारको सुनुवाइपछि शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि सरेको थियो । फेरि, सोमबारका लागि बैठक तोकिएको थियो। सोमबारको लागि बोलाइएको बैठकबाट पनि निर्णय हुन नसकेपछि बुधबारको लागि बोलाइएको थियो ।

बैठक फेरि शुक्रबारको लागि सरेको हो । सुनुवाइको क्रममा जोशीको शैक्षिक प्रमाणपत्र, फैसला र उनका इजलाशले गरेका आदेशहरुमा देखिएका विवादका विषयमा उजुरी दर्ता भएका थिए । उजुरीका आधारमा समितिका सदस्यहरुले उनलाई प्रश्न समेत सोधेका थिए ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा २०६३ को अन्तरिम संविधान लागू भएदेखि सुरु भएको संसदीय सुनुवाईमध्ये यो नै हालसम्मको लामो सुनुवाई प्रक्रिया भएको छ । यसअघि यति लामो समयसम्म अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद भएको थिएन ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan