आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
समाचार
Aug 01, 2018
म्यानपावर व्यवसायमाथि कडाइ गर्ने सरकारी तयारीबारे व्यवसायी नै विभाजित
बुधबार, श्रावन १६, २०७५
काठमाडौं : सरकारले म्यानपावर व्यवसायलाई व्यवस्थित बनाउन धरौटी रकम वृद्धि गर्न गरेको प्रस्तावप्रति व्यवसायी असन्तुष्ट भएका छन । धरौटी रकम कम हुँदा जथाभावी म्यानपावर दर्ता गरी ठगी गर्दै लाइसेन्स बेच्ने गिरोह सक्रिय भएकोले सरकारले धरौटी रकम वृद्धि गरेपछि व्यवसायी बीच पनि चरम विवाद देखिएको छ ।

सरकारले म्यानपावर कम्पनीको धरौटी रकम ६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायीबीचमा विवाद देखिएको छ । बुधबार यसै विषयमा छलफल गर्न आयोजित भेलामा व्यवसायीले वैदेशिक रोजगार व्यवसायी संघ नै सरकारसँग मिलेर ६ करोड धरौटी पुर्याउने पक्षमा रहेको आरोप लगाएका छन् ।

नेकपा निकट म्यानपावर व्यवसायी एवं संघका अध्यक्ष रोहन गुरुङले बोल्ने क्रममा काँग्रेस पक्षधर व्यवसायीले अवरोध गरेका थिए । काँग्रेस निकट ब्यावसायीले अध्यक्ष नै मन्त्रीको निर्णयको पक्षमा रहेको आरोप लगाएका छन् । ६ करोड रुपैयाँ धरौटी पुर्याइए म्यानपावर व्यवसाय नै ध्वस्त हुने उनीहरुको भनाइ छ ।

व्यवसायीले धरौटी रकम नबुझाउने तथा लाइसेन्स नै सरकारलाई बुझाएर विरोध गर्ने तयारी समेत गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीलाई मर्जरमा लैजाने नीति अनुरुप ६ करोड धरौटी पुर्याउन गरेको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । धरौटी रकम पुर्याउन नसक्नेलाई मर्जका लागि निश्चित अवधिको समय दिने मन्त्रालयले प्रस्ताव गरेको छ ।

म्यानपावरको इजाजतका लागि ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था रहेकोमा अब नगद धरौटी मात्रै २ देखि अढाइ करोड पुर्याउन सरकारले प्रस्ताव गरेको छ । त्यस्तै बैंक ग्यारेन्टी ४ करोड राख्नुपर्ने प्रस्ताव मन्त्रालयले गरेको छ । धरौटी रकम कम हुँदा जथाभावी म्यानपावर दर्ता गरी ठगी गर्दै लाइसेन्स बेच्ने गिरोह सक्रिय भएको तथा ठूलो ठगी गर्नेबाट कामदारलाई क्षतिपूर्ति दिलाउन नसकिएकोमा यस्ता समस्या समाधान गर्न सरकार धरौटी रकम वृद्धि र मर्ज तर्फ अग्रसर भएको हो ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa