बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Aug 01, 2018
'स्तनपान जीवनको आधार' भन्ने नारासहित विश्व स्तनपान सप्ताह सुरु
बुधबार, श्रावन १६, २०७५

काठमाडौं : स्तनपान जीवनको आधार भन्ने नारासहित यो बर्षको विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । स्तनपानका लागि आमालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक बर्ष अगस्ट १ देखी ७ सम्म स्तनपान सप्ताह मनाउने गरिन्छ । पछिल्लो समय सौन्दर्य विग्रिने डरले धेरै महिलाले बच्चालाई स्तनपान गराउँदैनन् तर स्तनपानले आमा र बच्चा दुवैको स्वास्थ्य तथा सौन्दर्य बढ्ने विज्ञहरु बताउँछन् ।।१००।।

बच्चालाई नियमित स्तनपान गराए सुत्केरी अवस्थामा बढेको तौल घट्नुका साथै शारीरिक सौन्दर्यमा समेत निखार आउने विज्ञहरुको भनाइ छ । नियमित स्तनपानले पहिलो ६ महिनासम्म गर्भ नरहने तथा रक्तअल्पता हुनबाट बचाउनुका साथै,पिसाबको संक्रमण,क्यान्सर, मधुमेह, मुटुरोग,हड्डी खिइने जस्ता स्वास्थ्य समस्या समेत न्युनिकरण गर्छ ।

गत बर्षको सरकारी तथ्याङ्क अनुसार नेपालमा ६६ प्रतिशत महिलाले मात्र पुर्ण रुपमा स्तनपान गराउछन । शिशुलाई जन्मिनासाथ आमाको दूध खुवाउनुपर्ने भए पनि ५५ प्रतिशत शिशुले मात्र जन्मेको एक घन्टाभित्र आमाको दूध खान पाउने अनुसन्धानले देखाएको छ । महिलाको विगौती दुधमा बच्चाका लागि आवश्यक सम्पूर्ण पोषण पाइन्छ । बच्चालाई २ वर्षसम्म निरन्तर आमाको दुध खुवाए उनीहरुको बौद्धिक र शारिरिक विकास छिटो हुने र स्वस्थ रहन मद्धत पुग्ने चिकित्सकको भनाइ छ ।

कामकाजी महिलाले स्तनपानको विकल्पका रुपमा बोतलको दुध वा अन्य खाद्यान्न खुवाउँछन् । तर यस्ले बच्चालाई संक्रमणको जोखिम हुन्छ । बच्चा जन्मिना साथ स्तनपान गराउनाले बच्चालाई मात्र नभइ आमाको स्वास्थ्यलाई पनि फाइदा पुग्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल भइरहेको स्तनपान अभ्यासलाई सुधार गरिएमा बार्षिक रुपमा विश्वका ८ लाख २० हजार शिषुको ज्यान जोगाउन सकिन्छ । यस्तै स्तनपानको विकल्पमा विश्वभर हुने बार्षिक ३ सय खर्व रकम पनि बचत गर्न सकिने संगठनले जनाएको छ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang