आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
देश
Aug 01, 2018
फोटो पत्रकार क्लवको आयोजनामा भएको नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठलाई
बुधबार, श्रावन १६, २०७५
काठमाडौं : फोटो पत्रकार क्लवको आयोजनामा भएको नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको अवस्थामा श्रेष्ठले खिचेको तस्विर यस वर्षको फोटो अफ द इयर घोषित भएको हो ।

बुधवार सप्तरीका फुदन सदा काठमाडौ बबरमहल स्थित आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएको कोशीमा बगाइएको कुलारी गाँउमा गत वर्ष बाढीका कारण मृत्यु भएका कमल सदाको दाहसंस्कार गर्न नपाउँदा उनका काकाले कमलको शव कोशीमा बगाएका थिए । अन्तिम संस्कार गर्ने खुला जमिन समेत नहुदा ब्लाङकेटमा वेरेर कमलको शव कोशिमा वगाउदै गर्दाको त्यो हृदयविदारक क्षणलाइ फोटो पत्रकार श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका थिए ।

त्यो समयमा सर्वाधिक चर्चित वनेको त्यही तस्विर वर्षकै उत्कृष्ठ वन्यो । पत्रकार श्रेष्ठले उत्कृष्ठ भएवापत पुरस्कार स्वरुप पाएको एक लाख मध्ये ७० हजार रुपैया मृतक कमलका वावु फुसन सदालाइ हस्तान्तरण गरे । श्रेष्ठले खिचेको सो तस्विर ७ हजार प्रतिस्पर्धि तश्विरलाई पछाडी पार्दै फोटो अफ् दि इयर वनेको हो । त्यसैगरि फोटो पत्रकार दिपेन्द्र रोक्काको तस्विर नेपाल स्माइल विधातर्फ पुरस्कृत भएको छ भने डेली लाइफ विधामा सुनिता डंगोलको तस्विर उत्कृष्ठ वनेको छ ।

न्युज विधामा अंगद ढकाल तथा नेचर एण्ड वाइल्डलाइफ तर्फ श्रीराम खत्री र कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले खिचेको तस्विर पुस्कृत भएका छन । खेलकुद विधामा प्रतिक रायमाझी तथा फोटो कथातर्फ रीमा मनिष पौडेलले खिचेको तस्विर पुरस्कृत भएको छ । पुरस्कार विजेता फोटो पत्रकारहरुलाइ संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रि रविन्द्र अधिकारीले पुरस्कार वितरण गरेका थिए । फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ र प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३० हजार २० हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन ।

सर्वोत्कृष्ट तथा उत्कृष्ट ठहरिएका लगायत प्रतियोगितामा सामेल गरिएका केही तस्विरहरु आर्ट काउन्सिल ववरमहलमा साउन २१ गतेसम्म प्रदर्शनीमा राखिएको छ भने विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा समेत प्रदर्शनी गरिने आयोजक पिजे क्लवले जनाएको छ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa