बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
आर्थिक
Aug 01, 2018
स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न सहज वातावरण प्रदान गरिने
बुधबार, श्रावन १६, २०७५
काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा लगानी गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहज वातावरण प्रदान गर्न संस्थागत नीतिमा परिमार्जन गर्न लागिएको बताएका छन् ।

आज नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.खतिवडाले लगानीकर्ताले कुनै पनि प्रदेशमा ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन सरकारले लगानी मैत्री नीतिमा परिमार्जन गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रममा सहभागी वक्ताहरुले नीजि क्षेत्रलाई उत्पादशील ढंगले अर्थतन्त्रमा सक्रिय गराउन, विधिको शासन, प्रभावकारी सुशासनको प्रवर्धन र नीतिगत स्थिरताको आवश्यक्ता रहेकोमा जोड दिएका थिए । उनीहरुले हाल विद्यमान कानुनमा पुराना एवं असान्दर्भिक व्यवस्थाका कारण औद्योगिक लगानीमा बृद्धि हुन नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ र भारतको प्रोग्रेस हार्मोनी डेभलप्मेन्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच नेपाल-भारत केन्द्र स्थापना गर्ने सहमतिमा हस्ताक्षर पनि भएको थियो । कार्यक्रममा परराष्ट्रविद शम्भुराम सिंखडाको २१औं शताब्दीमा नेपाल भारत र चीनको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा लेखिएको पुस्तक नेपाल इन्डिया चाइना, रिलेसन्स इन द ट्वान्टी फस्र्ट सेन्चुरीको लोकार्पण गरिएको थियो ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang