मंगलवार, ३ पौष, २०७५ (Tue, 18 December, 2018)
विचार
Aug 06, 2018
नैतिकता खडेरी रहेको मुलुकमा एउटा नयाँ अध्याय
सोमबार, श्रावन २१, २०७५
- योगेन्द्र चौलागाईं

“बोल्न पाईयो भन्दैमा प्याच्च नबोल्नु बस्न पाईयो भन्दैमा थ्याच्चा नबस्नु” भन्ने भनाईलाई चरितार्थ गरेको छ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिले । अन्तरवार्ताको क्रममा पदिय हैसियत गुमाएर तथा सार्वजनिक अभिव्यक्ति दिदा विचार नपु¥याएर होस् वा रोपाईं सन्दर्भमा होस हाम्रा मन्त्रीहरु बिवादमा पर्दै आईरहेका छन । यस्तै बिबादमा परे मन्त्री तामाङ । स्वदेशमै आवश्यकता अनुसार मेडिकल कलेज खुल्ने वातावरण बन्नुपर्छ भन्ने कुरालाई जोड दिनका लागि मन्त्री तामाङले बंगलादेशमा मेडिकल बिषय अध्ययन गर्न गएका नेपाली चेली यौन शोषणमा पर्ने गरेका छन भन्ने अभिव्यक्ति दिएका भए पनि यसको असर नकारात्मक परेको देखियो ।

बंगलादेशमा चिकित्सा पढ्ने छात्राका बिषयमा गरिएको यस्तो विवादास्पद अभिव्यक्तिका कारण उनले पदबाट राजीनामा दिनुुपरेको छ । नेपाली चेलीले अनेक प्रकृतिका दुःख–पीडा झेलिरहेका छन् । चेलीले मात्र नभई चेला(पुरुष)ले पनि खाडीमुलुक, मलेसिया, बंगलादेश, युरोप–अमेरिका जताततै समस्या झेलेका छन् । यो सबैले बुझेकै कुरा हो । तर, व्यक्तिगत चरित्र र नारी अस्मितामाथि नै प्रहार हुने बोलीको रूपमा लिइयो तामाङको अभिव्यक्तिलाई । यसबाट बंगलादेशमा अध्ययन गरिरहेका, अध्ययन गरेर फर्किएका, अध्ययनका निम्ति जान लागेका हरेक नेपाली छात्रा र तिनका अभिभावकमा समेत ठूलै चोट पुगेको अर्थ लगाइयो । महिला चिकित्सकको चरित्रमा आघात पुर्याउने अभिव्यक्ति दिएको भनि चौतर्फि बिरोध आएपछि उनले सार्वजनीक रुपमा माफि मागे । तर माफिले पनि उनको मन्त्री पद भने जोगीन सकेन । प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबैले उनलाई राजिनामा दिएर नेकपाको शाख जोगाउन दबाब दिए । प्रधानमन्त्रीकै दबाबमा उनले पदबाट राजीनामा दिए । तर उनले राजिनामा दिईसके पछि पनि यो बिषय भने साम्य भईसकेको छैन ।
मन्त्री तामाङ मात्र हैन अरु थुप्रै मन्त्रीहरुका गैर जिम्मेवार र आधिकारीकता बिहिन अभिव्यक्ति र हर्कतहरु हामिले देखिसकेका छौ । पदमा आसिन ब्यक्तिहरुले सार्वजनीक अभिब्यक्ति दिदा त्यसको आधिकारीकतामा ध्यान दिन जरुरी छ । यस भन्दा अगाडि जो जो बिबादित भए उनिहरुले कुनै कारबाहिको भागीदार बन्न्ुा परेन । मन्त्री तामाङले त कम्तीमा माफी मागेका त थिए । नैतिकताको खडेरी लागेको, अनुत्तरदायी चरित्र हावी भएको राजनीतिक वृत्तमा तामाङले आप्mनो नैतिकता देखाएका छन । नैतिकताको आधारमा उनले पदबाट राजीनामा दिएका छन । मन्त्री तामाङले बोल्दा भाति नपुर्याएका हुन । सार्वजनीक पद धारण गरेका ब्यक्तिहरुले बोल्दा पदिय हैसियत सम्झेर बोल्नु पर्दछ । बोल्न पाईयो भन्दैमा जे बोलेपनि हुन्छ भन्ने मानसिकताले गर्दा आप्mनो बोलिले अरुको भावनामा चोट पुग्छ कि पुग्दैन भन्ने बिचार गरिदैन । सार्वजनीक पद धारण गरेका ब्यक्तिले सत्य तथ्य अभिव्यक्ति दिनु पर्नेमा कसैले आप्mनो व्यापारिक काम पुरा गर्न सुरु गरेको अभियानकै हिस्सेदार बनेर अभिव्यक्ति दिनु आप्mनै लागि घातक भएको छ । अबका दिनमा जे बोलेपनि हुन्छ भन्ने मानसिकतालाई राजनीतिक दलको नेतृत्वबाट हुने मलजल हट्नु पर्दछ । राजनीतिज्ञहरुको व्यबहार र अभिब्यक्तिमा सुधार हुन आवश्यक छ । यदि नसुध्रिएमा खबरदारी निरन्तर हुनुपर्दछ ।

तामाङ प्रधानमन्त्रीको दबाबमा राजीनामा दिन बाध्य भएका भएपनि राजिनामा दिएर नैतिकाताको खडेरि भईरहेको मुलुकमा एउटा नयाँ अध्याय स्थापित गरी धन्यवादको पात्र बनेका छन । बिगतमा पनि बिबाद पछि पद त्यग्ने वा त्याग्न बाध्य पारिने परिपाटी भएको भए नेपाली समाज र राजनीति धेरै बदलिईसकेको हुने थियो । गत चैत्र २ गते शपथ ग्रहण गरे पश्चात मन्त्री तामाङले थालेका सुधारको बाटोलाई आगामी दिनमा पनि निरन्तरता दिनु पर्दछ । आगामी मन्त्रीले पनि नैतिकता देखाउनु पर्दछ । तामाङको राजिनामाको पाठ कुर्सि र पदमा लिसो झै टाँसिने सबै दलका जिम्मेवार पदाधिकारी तथा नेताहरुले सिक्नुपर्दछ । यो सरकार प्रति जनता धेरै आशावादी भएका कारण सानो गढबढीले पनि निराश फैलाउछ । सार्वजनिक पदमा बस्नु भनेको त्यस सँग जोडिएको जवाफदेहिताको प्रश्नलाइ सम्बोधन गर्नु भएकोले आगामी दिनमा सार्वजनिक पद धारण गरेका व्यक्तिले बोलि र ब्यबहारमा संयमता देखाउनु पर्दछ । सरकारका मन्त्रीहरुको ध्यान भाषण उद्घाटन सिलान्यसमा भन्दा पनि आप्mनो काममा हुनु आवश्यक छ । यो राजीनामा प्रकरणले मन्त्री र प्रधानमन्त्रीको उचाई बढाएको छ । समृद्ध नेपाल सुखि नेपाली अभियानलाई सफल बनाउन सबै मन्त्रीहरु काम प्रति जिम्मेवार भई आप्mनो आचरण र ब्यवहार सुधार्नुपर्ने पाठ पनि मन्त्री तामाङको राजिनामा प्रकरण बाट सिक्नु पर्दछ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan