शुक्रबार, २ कार्तिक, २०७५ (Fri, 19 October, 2018)
मुख्य खवर
Aug 10, 2018
प्रचण्ड भारत र चीन जाँदै
शुक्रबार, श्रावन २५, २०७५


काठमाडौ : एमाले र माओवादीबीच एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको पहिलो राजनीतिक भ्रमण तय भएको छ । उनले आगामी भदौ २२ देखि २७ सम्म ५ दिने भारतको भ्रमण र असोज १ देखि साताव्यापी चीन भ्रमण गर्ने स्रोतले बताएको छ । प्रचण्डको भ्रमण पहिला आफ्नो देशबाट गराउन दुबै छिमेकी देशका काठमाडौं स्थित दूतावासले दौडधूप गरेता पनि पहिलो भ्रमण भारतबाट हुने भएको छ । भारत भ्रमणका क्रममा प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गरी द्धिपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्ने बताईएको छ ।

यस अघि गत जेठमा प्रचण्डले विकासका मोडलका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला कुराकानी गरेको र मोदीले समय लिएर विकासका एजेण्डामा कुराकानी गर्न भारत आउन निम्तो दिएको बताएका थिए भने चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको प्रचण्डले जानकारी दिएका थिए । साउन दोस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग उपमन्त्री वाङ याजुनले प्रचण्डलाई चीन भ्रमणको निमन्त्रण दिएका थिए ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan