बुधबार, ३ असोज, २०७५ (Wed, 19 September, 2018)
समाचार
Aug 12, 2018
जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानको घटना छानविन गर्न समिति गठन
आईतवार, श्रावन २७, २०७५

काठमाडौं : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा साउन १ गते भएको घटनाको छानविनका लागि कर्णाली प्रदेश सरकारले एक साताभित्र प्रतिवेदन बुझाउने गरी तीन सदस्यीय समिति गठन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा गठित समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाही सदस्य छ रहेका छन ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसन बसेका डा. गोविन्द केसीलाई लिन गएकोे टोलीलाई अस्पतालमा कार्यरत चिकित्सक, अध्ययनरत विद्यार्थी र स्थानीयहरुले अबरोध गर्ने क्रममा झडप भएको थियो । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनाको यथार्थ छानविन गर्नका लागि समिति गठन गरेको र छानविन समितिको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अगाडी बढाउँने सरकारका प्रवक्ता एवं भूमि व्यवस्था तथा कृषि मन्त्री विमला केसीले बताईन ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan