बिहीवार, २९ कार्तिक, २०७५ (Thu, 15 November, 2018)
समाचार
Aug 13, 2018
सरकारका ५ महिने कामको विवरण सार्वजनिक
सोमबार, श्रावन २८, २०७५
काठमाडौं : सरकारले ५ महिनाको उपलब्धी आज सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका उपलब्धीको विवरणलाई ७४ पृष्ठ लामो प्रतिवेदन तयार पारी सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका उपलब्धीमा सुशासन, हवाइ सेवा, अर्थ प्रशासन, शिक्षा, सुरक्षा लगायतका विभिन्न क्षेत्रका उपलब्धीहरुलाई छुट्याएर बुँदागत रुपमा उल्लेख गरिएको छ । सुन तस्करमाथि कारबाही, सिण्डिकेट अन्त्य, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, सार्वजनिक खर्चमा मितव्ययिता लगायतका विषयलाई पनि उपलब्धीको रुपमा उल्लेख गरिएको छ ।

त्यस्तै औचित्यहीन भ्रमण नियन्त्रण, डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायत विषयलाई पनि उपलब्धीको रुपमा प्रस्तुत गरिएको छ । सरकारले ५ महिनाको अवधिमा ९० वटा तुइन विस्थापित गरेको जनाइएको छ ।

काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले आफ्नो उपलब्धी भनेको छ ।

५ महिने उपलब्धीमा भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, नारायणगढ मुग्लिन सडकखण्ड स्तरोन्नति, मुग्लिनस्थीत त्रिशुली नदीमा आर्कब्रिज निर्माण अन्तिम चरणमा पुगेको र सिमरा बर्दिबास रेलमार्गको ट्रयाक निर्माण ८० प्रतिशत पुरा हुनुलाई उपलब्धीका रुपमा उल्लेख गरिएको छ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan