शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
देश
Aug 13, 2018
हत्या अभियोग लागेका राज्यमन्त्री अभिराम शर्मालाई साधारण तारेखमा रिहा
सोमबार, श्रावन २८, २०७५
महोत्तरी : प्रहरी हत्याको आरोप लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा छुटेका छन् । सशस्त्र प्रहरीका असई थमन बहादुर बिश्वकर्माको हत्याका अभियुक्त शर्मा जिल्ला अदालत महोत्तरीमा थुनछेक बहसपछि साधारण तारेखमा रिहा भएका हुन् ।

जिल्ला अदालत महोत्तरीमा आज हाजिर भई बयान दिएका शर्मा थुनछेक बहसपछि साधारण तारेखमा रिहा भएको अदालतले जनाएको छ । थुनछेक बहसपछि जिल्ला अदालतका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको रजिष्टार रामान्नद प्रसाद अधिकारीले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभा चुनाव जितेका शर्मा प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री छन् । साउन १५ गते उच्च अदालत जनकपुरले शर्मालाई पक्राउ गर्न आदेश दिएपछि उनी आज आफैं अदालतमा हाजिर भएका थिए ।

राज्यमन्त्री शर्माको तर्फबाट अधिवक्ताहरु रमेशकुमार पाण्डे, देवेन्द्र ठाकुर र ज्ञानेन्द्रलाल कर्णले बहस गरेका थिए । थमन विक हत्याका २८ अभियुक्तमध्ये तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । अभियुक्त रहेका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका मेयर छन् भने कौशलकुमार राय प्रदेशसभा सदस्य छन् । उनीहरुसँगै अन्य अभियुक्त पक्राउ परेका छैनन् ।

असई बिश्वकर्मा २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलकारीको कुटपिटबाट घाईते भएका थिए । उपचारको लागि लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर उनको हत्या गरिएको थियो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang