शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
देश
Aug 13, 2018
जथाभावी कर बढेको भन्दै स्पष्ट मापदण्ड बनाउन सांसदहरुको सरकारसँग माग
सोमबार, श्रावन २८, २०७५
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा सांसदहरुले जथाभावी कर बढेको भन्दै स्पष्ट मापदण्ड बनाउन सरकारसँग माग गरेका छन् । संघीय संसद भवन बानेश्वरमा बसेको बैठकमा नेकपा सांसद ह्देयश त्रिपाठीले के को आधारमा कर बढेको भन्ने स्पष्ट नभएको भन्दै सरकारको आलोचना गरे ।

कुखुरा, परेवादेखि साइकल जे देख्यो त्यसैमा कर थप गरेको भन्दै करको मापदण्ड नबनाउने हो भने आन्दोलन हुने चेतावनी दिएका छन् । बैठकमा कांग्रेस सांसद डा डिला संग्रौलाले जन्मदर्ता र मृत्युदर्तामा समेत १ हजार रुपैयाँ कर तिर्नुपरेको भन्दै आक्रोश व्यक्त गरे ।

जनतामाथि करको वोझ नबढाउन माग गर्दै संगौलाले मंहगो कर तिर्न नसक्ने भएकोले फिर्ता लिन समेत माग गरे । स्वतन्त्र सांसद राजेन्द्र लिंदेनले इन्टरनेटमा लाग्ने कर फिर्ता लिने बताएपनि मोवाइल डाटामा ३० प्रतिशत कर किन बढाएको भनि प्रश्न गरे ।

सरकारले इन्टरनेट शुल्कमा १५ प्रतिशत कर बढाएको छ भने सवारी साधनमा १० प्रतिशत भन्दा बढी कर बढेको छ । त्यस्तै सडक दस्तुर ह्वात्तै बढेको छ भने प्रदेश र स्थानीय तहले समेत कर बढाउदाँ जनता मारमा परेको गुनासो बढ्न थालेको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang