बिहीवार, २९ कार्तिक, २०७५ (Thu, 15 November, 2018)
देश
Aug 13, 2018
मुलुकी ऐनको प्रावधानप्रति चिकित्सकको आपत्ति, भदौ १ देखि विरामी नजाच्ने चेतावनी
सोमबार, श्रावन २८, २०७५
काठमाडौं : नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन, २०७४ संशोधन नभए बिरामी नजाँच्ने चेतावनी दिएको छ । चिकित्सक संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी भदौं १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन, २०७४ संशोधन गर्न सरकारसँग माग गरेको हो ।

संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले आफूहरुलाई अपराधि सरह दण्ड सजाय दिने व्यवस्थासहित लागू गर्न खोजिएको ऐन संशोधन नभए भदौं १ गतेबाट बिरामी नजाँच्ने चेतावनी दिए । विवादित ऐनलाई संशोधन नगरे एप्रोन र लाईसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने संघले घोषणा गरेको छ ।

अध्यक्ष श्रेष्ठले विरामीको उपचार गर्ने चिकित्सकलाई अपराधि करार गर्ने सरकारको नियत आफूहरुलाई मान्य नहुने बताए । भदौ १ बाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकहरुको लापरबाहीले विरार्मीको मृत्यु भएको पुष्टि भएमा ५ वर्ष कैद र हेलचक्रयाईमा विरामीको ज्यान गएमा त्यस्ता चिकित्सकलाई ३ वर्ष कैद सजाय र ३० हजारसम्म जरिवान लिने व्यवस्था छ । यस्तो प्रावधान आफूहरुलाई अपराधि करार गर्ने ढंगले आएको दावी गर्दै अध्यक्ष श्रेष्ठले त्यो मान्य नहुने बताए ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan