बिहीवार, २९ कार्तिक, २०७५ (Thu, 15 November, 2018)
समाचार
Aug 13, 2018
बदनियत पुर्वक उपचार गरी विरामीको ज्यान गएमा उपचारमा संलग्न चिकित्सकलाई जन्मकैदसम्म र अंगभंग भएमा १५ वर्षसम्म कैद
सोमबार, श्रावन २८, २०७५
काठमाडौं : उपचारमा लापरवाही गरि विरामीलाई नोक्सानी पुर्याउने चिकित्सकलाई कारबाही गर्न सक्ने कानुनी व्यवस्था नहुँदा उपचारमा गम्भिर त्रुटी गर्ने चिकित्सकलाई समेत कारबाही हुन सकेको छैन ।

गलत उपचार, र औषधीका कारण विरामी निको हुनुको सट्टा उल्टो ब्यथा बढेका घटना प्रसस्त छन् । तर अव नयाँ ऐनले डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई जन्मकैदसम्म हुन सक्ने को व्यवस्था गरेको छ ।

भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २ सय ३१ मा बदनियत पुर्वक उपचार गरी विरामीको ज्यान गएमा उपचारमा संलग्न चिकित्सकलाई जन्मकैदसम्म र अंगभंग भएमा १५ वर्षसम्म कैद र एक लाख जरिवाना हुनेछ ।

बदनियत पूर्वक उपचार गर्नु भन्नाले ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्नु, एक किसिमको उपचार गर्नुपर्नेमा अर्को किसिमको उपचार गर्नु, ज्यान मर्छ भन्ने जानी जानी औषधी खुवाउनु वा सिफारिस गर्नु, एउटा अंग चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नु, त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट अलग गर्ने काम गर्नु भनि उल्लेख गरिएको छ ।

उक्त ऐनको इलाजस सम्बन्धी कसुरको दफा २ सय ३२ मा लापरवाही वा हेलचेक्र्याइ गरी उपचार गर्न नहुने उल्लेख गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा भने डाक्टरले उपचारमा लापरवाही गरेमा २ वर्षसम्म कैद वा ५ सय जरिवानाको व्यवस्था थियो । तर लापरवाही गरेमा क्षतिपूर्तिको व्यवस्था थिएन ।

चिकित्सकले कसैको ज्यान लिने उदेश्यले उपचार नगर्ने भएकाले कानुन मै बदनियत राखेर चिकित्सकले उपचार गर्ने भन्ने खालेको आशय व्यक्त भएको भन्दै बिरोध गरेका छन् । सरकारले लागू गर्न लागेको नयां मूलुकी ऐनमा भएको उपचार सम्बन्धी कसुरले चिकित्सकले रिक्स मोलेर उपचार गर्न नसक्ने भएकाले बिरामी नै प्रभावित हुन सक्ने चिकित्सकहरुको भनाई छ ।

मुलुकी ऐनलाई सञ्चाउनु पर्नेमा उनीहरुले जोड दिएका छन् । सांसद तथा अभिवक्ता रामनारायण बिडारीले भने मुलुक ऐनमा भएको व्यवस्था बाट राम्रो काम गर्ने चिकित्सक डराउन नपर्ने तर गल्ती गर्ने चिकित्सकलाई कारबाहीएको दायरमा ल्याउन खोजिएको दाबी गरे ।

नयाँ मुलुकी ऐनले म्याद नाघेको औषधी बिक्री गरे १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । यदि म्याद नाघेको औषधीले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ । डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएमा पीडितले जहिलेसुकै पनि उजुरी गर्न सकिने व्यवस्था गरी हदम्याद समेत हटाइएको छ । नयां मूलुकी ऐन भदौ १ गते देखि लागु हुँदै छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan