बुधबार, ३ असोज, २०७५ (Wed, 19 September, 2018)
विचार
Aug 16, 2018
संघीयता कार्यान्वयनमा अलमल
बिहीवार, श्रावन ३१, २०७५


योगेन्द्र चौलागाई


२०७२ सालमा जारी नयाँ संविधान अन्तर्गत नेपालमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर अहिले सम्मकै ठुलो र शक्तिशाली बाम सरकार बनेता पनि जनतालाई कागलाई वेल पाक्यो हर्षन विस्मात भने झै भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र एकिकरण भएर ईतिहासमै शक्तिशाली नेकपाको सरकार भएपनि संघीयता कार्यान्वयनमा अझै नआउनु भने अनौठो भएको छ । नेकपाको सरकार रेल र पानी जहाजको हल्ला पिट्नमै केन्द्रित देखिएको छ । राज्य र जनता प्रति सरकारको ध्यान केन्द्रित हुन सकेको देखिदैन । सरकार गठनको आधा बर्ष बित्न लाग्दा पनि जनताको आधारभुत आवाश्यकतालाई प्रथमिकता दिन सकेको छैन । सरकारको मन्त्री परिषदको पेपरलेस बैठक जनतालाई तात्तो न छारो भएको छ । सुनकाण्ड, यातायातको सिण्डीकेट हटाउने, ठेकेदारहरुलाई कारवाहि गर्ने जस्ता आफैंले सरु गरेका कामहरुमा सफलता प्राप्त गर्न नसकेर सरकार भुमरीमा परेको छ । जन बिद्रोह जनआन्दोलन, समय समयमका जातिय तथा मधेश आन्दोलन बाट एकात्मक र केन्द्रिकृत राज्य शासन प्रणालीको अन्त्य भएता पनि यथार्थ सार भने पुरानै देखिएको छ ।


मुलुकमा अहिले तिन तहको सरकार कर असुलिमा लागेको छ । महंगि प्राकृतिक प्रकोप र करले जनताको ढाड सेकिएकाछन । तर जनताको बल बाट प्राप्त संघियता कार्यान्वयन भएको आभास जनताले पाउन सकेको छैनन । संघीयता र संघीय राज्य निर्माणको आधारहरुबारे संघीय सरकार नै अष्पष्ट छन । हाम्रो देशमा प्रदेशको नामाकरण र स्थायी राजधानी अझै तोकिन सकेका छैनन् । संविधानले स्थानीय सरकारलाई विभिन्न अधिकार दिएको भएपनि वर्तमान सरकार विगताके केन्द्रिकृत सरकारले झैं शासकिय अधिकार केन्द्रमै राख्न चाहेको अनुभव गरीन थालेको छ । सरकारले बिबिध जातिले उठाएको मुद्दाको संवैधानीक व्यवस्थाद्धारा सम्बोधन, सामाजिक बिबिधताको व्यवस्थापन, बिबिध भाष संस्कृतिको संरक्षण, जातिय पहिचान सुरक्षित गर्ने जस्ता बिबिध बिशेषता भएको शाशन प्रणालीलाई कार्यान्वयन गर्न सकेको छैन ।

केन्द्र प्रदेश र स्थानीय सरकारको अन्तर स्पष्ट छुट्याउने काम भएको छैन । स्थानीय र प्रदेश सरकारलाई विगतको राज्य संरचनाको विकास क्षेत्र र जिल्लाको हैसियतमा व्यबहार भएको समेत अनुभव गर्न थालिएको छ । यसरी सरकारको नेतृत्वगर्नेहरुले एकात्मक र केन्द्रिय राज्य संचालनको मानसिकता नत्यागे सम्म संघीयता कार्यान्वयनमा आएको अनुभुति गर्न सकिदैन ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan