आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
खेलकूद
Aug 20, 2018
गोल्डेनपीक अन्तर विद्यालय बास्केटबल शुरु
सोमबार, भाद्र ४, २०७५
काठमाडौं : सातौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । आयोजक गोल्डेनपीक स्कुल प्रङ्गनमा भएको उद्घाटन खेलमा आयोजक गोल्डेनपीक स्कूलले विजयी शुरुवात गरेको छ । सिनियर छात्र तर्फको खेलमा गोल्डेनपीकले बेबिलोन स्कुललाई ४७–३५ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितमा लाक्पा शेर्पाले सर्वाधिक १५ स्कोर गरेका थिए ।

त्यस्तै प्रतियोगितामा ग्रीनल्याण्डले दोहोरो जित निकालेको छ । जुनियर छात्र तर्फको खेलमा ओडीसीमाथि १५–१४ को कठिन जित निकाल्न सफल भयो । सुरेश गुरुङले ग्रीनल्याण्डका लागि सर्वाधिक ६ स्कोर गरे । सिनियर छात्रको खेलमा ग्रीनल्याण्डले न्यू बुद्धलाई ३३–२० ले हराउँदा राजीव आलेले १० स्कोर गरे । ह्वीज किड्सले रिलायन्सलाई ३२–२६ को स्कोरमा हराउँदा प्रसिद्ध थापाले १३ स्कोर गरेका थिए ।

जुनियर छात्रमा एन्जल हर्टले हिमशीलालाई ३३–२१ को स्कोरमा पछि पार्दा कोशिस केसीले सर्वाधिक २० स्कोर गरे । जुनियर तर्फ लालीगुराँसले नवजीवनलाई १५–९ को स्कोरमा हरायो । प्रतियोगिताको उद्घाटन विद्यालयका सञ्चालक समितिका अध्यक्ष अर्जुनकुमार खत्री र विद्यालयका प्रिन्सिपल छत्रमणि राईले संयुक्तरुपमा गरेका थिए । प्रतियोगिता भदौ ९ गते सम्म लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा दुवै समूहका १२ टिम रहेका छन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang