बिहीवार, २९ कार्तिक, २०७५ (Thu, 15 November, 2018)
खेलकूद
Sep 02, 2018
एसिया कप क्रिकेट छनोटमा नेपालको दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित
आईतवार, भाद्र १७, २०७५
काठमाडौं : एसिया कप छनोटमा सिंगापुरविरुद्ध नेपाल विजयी भएको छ । १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै आवश्यक रन जोडेको थियो । लगातार दुई जितपछि नेपालको छनोटको फाइनल पुग्ने सम्भावना यथावत छ ।

नेपालले लागतार दोस्रो जित हासिल गर्ने क्रममा ओपनर सुवास खकुरेल र अनिल शाहले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए । अनिलले ४३ रन र सुवालले १४ रन जोडेका थिए । कप्तान पारस खड्काले ११ रन रन बटुले भने उपकप्तान ज्ञानेन्द्र मल्लले २९ रन जोडे । अघिल्लो दिन अर्धशतक पुरा गरेका दीपेन्द्र सिंह ऐरीले ३३, सागर पुनले १४ रन बनाए । आरिफ शेख ४ र सोमपाल कामी ० मा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको सिांपुरले कप्तान चेतन सूर्यवंशीले ६० रनको मद्दतमा ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए ।

नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए । सोमपाल कामिले २ र वसन्त रेग्मीले १ विकेट हात पारे । ललित खेलका म्यान अफ दी म्याच घोषित भए । अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan