बिहीवार, २९ कार्तिक, २०७५ (Thu, 15 November, 2018)
समाचार
Sep 04, 2018
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बिम्स्टेक सम्मेलनले नेपालले ठूलो फाइदा लिने वातावरण तयार भएको दावी
मंगलवार, भाद्र १९, २०७५
काठमाडौं : संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विम्स्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनले नेपालले ठूलो फाइदा लिने वातावरण तयार भएको दावी गर्नुभयो । सार्कको विकल्प बिम्स्टेक सम्मेलन नहुने भन्दै प्रधानमन्त्री ओलीले सार्क र विम्स्टेक दुवैबाट फाइदा लिनुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्रीले जानकारी गराएसँगै सांसदहरुले प्रधानमन्त्री ओलीसँग विभिन्न विषयमा प्रश्न राखेका थिए । नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले भारतमा हुने भनिएको सैन्य अभ्यासको बारेमा जानकारी दिन माग गर्नुभयो । त्यस्तै स्वतन्त्र सांसद प्रेम सुवालले सेप्टेम्बर १० देखी १६ सम्म भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी हुनेबारे प्रष्ट पार्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कुनै देशको राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा सुरक्षाकर्मी आउनु अनौठो विषय नभएको र नेपालले पनि लिएर जाने गरेको जवाफ दिनुभयो । भारत, चीन, अमेरिकासँग सैन्य अभ्यास गर्दै आएको विषय नभुल्न उहाँको आग्रह छ ।

त्यस्तै राजपा सांसद महेन्द्रराय यादव, कांग्रेस सांसद भरतकुमार शाहले कोशी बाँध तथा विम्स्टेकको रिट्रिटबारे जिज्ञासा राखेका थिए । प्रधानमन्त्री ओलीले बाँध लगायतका काम भैरहेको र विम्स्टेक रिट्रिट पानी परेका कारण योजना अनुसार हुन नसकेको जवाफ दिनुभयो ।

विम्स्टेक सम्मेलनबाट नेपालले आफ्नो कनेक्टिभिटी र गरिवी निवारणको एजेन्डालाई सार्थकता बनाउन सकेको दावी प्रधानमन्त्री ओलीले पटक पटक दोहोर्याउनु भएको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan