बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Sep 10, 2018
२८औं प्रधानन्यायाधीशको रुपमा ओमप्रकाश मिश्रद्वारा शपथसँगै पदभार ग्रहण
सोमबार, भाद्र २५, २०७५
काठमाडौं : सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशको रुपमा ओमप्रकाश मिश्रले शपथसँगै पदभार ग्रहण गरेका छन् । आजै भएको संसदीय सुनवाई विशेष समितिले मिश्रको नाम अनुमोदन गरेको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशको रुपमा मिश्रलाई पद तथा गोपनियताको शपथ खुवाएको हो ।

शपथ सकिएसँगै मिश्रले सर्वोच्च अदालतपुगी पदभार ग्रहण गर्दै मिश्रले आफ्नो ४ महिनाको समयावधीमा अदालतको गरिमालाई उच्च राख्ने प्रतिवद्धता ब्यक्त गरे ।

यसैबीच समितिमा परेका उजुरी र सदस्यहरुले सोधेको प्रश्नको चित्तवुझ्दो उत्तर दिएको भन्दै मिश्रको नाम सर्वसम्मतले अनुमोदन गरिएको हो । चार घण्टा लामो प्रश्नोत्तरमा मिश्र र सांसदहरुबीच संवाद भएको थियो ।

संसदीय सुनुवाई बिशेष समितिमा १५ जना सदस्य छन् । समितिमा उपस्थित भएका प्रस्तावित प्रधानन्यायाधीश मिश्रले आफ्नो कार्ययोजना सुनाएका थिए । १० बुदाँमा २५ पृष्ठ लामो कार्ययोजनामा उनले अदालतमा हुने भ्रष्ट्रचारदेखि न्यायलयमा छिटो छरितो न्याय सम्पादनको वातावरण तयार गर्ने उल्लेख गरे ।

कार्ययोजना सकिएसँगै समितिका सदस्यहरुवाट प्रश्नको बर्षा भयो । पालैपालो प्रश्न गरेका सदस्यहरुले न्यायलय कसरी सुधार्नुहुन्छ भन्दै पूरक प्रश्न समेत गर्न भ्याए । समितिका सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय महत्वको मुद्दालाई किन सर्वोच्चमा अड्काएर राखिन्छ भन्दै प्रश्न गरे । त्यस्तै समितिका सदस्य सुरेन्द्र पाण्डेले कुन प्रकृतिमा मुद्दा धेरै छन् र किन भन्दै प्रश्न गरे ।

सांसदहरुको प्रश्नको उत्तर दिदै मिश्रले न्यायलयमा हुने ढिलासुस्ती र अपारदर्शी क्रियाकलापलाई रोक्ने बताए । वेञ्च किनिने आरोपलाई अन्त्य गर्दै आइटिबाटै मुद्दा तोक्ने र इ गभर्नेसको नीति अगाल्ने उनले बताएका थिए ।






आफूले १७ हजार मुद्दाको फैसला गरिसकेको भन्दै मिश्रले अनुहार हेरेर न्याय होइन, प्रमाण र कानुन हेरेर आँखा खोलेर न्याय दिइने बताए । मिश्रको जवाफ सकिएसँगै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

यसअघि समितिमा सुनुवाईको क्रममा दिपकराज जोशी अस्वीकृत भएका थिए । जोशीलाई शैक्षिक प्रमाणपत्र फरक फरक रहेको र न्याय सम्पादनमा कमजोरी गरेको भन्दै दुई तिहाई मतले अस्वीकृत गरिएको थियो । तर मिश्रको नाम अनुमोदन भएसँगै सर्वोच्चमा ४ महिनाका लागि २८ औं प्रधानन्यायाधीश हुने बाटो खुलेको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang