बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
मनोरञ्जन
Sep 15, 2018
नव गायिका नुनाको पहिलो मातृभाषा सुनुवार आधुनिक गीति एल्बम 'ब्लाशो थुँ' लोकार्पण
शनिबार, भाद्र ३०, २०७५
काठमाडौं : नव गायिका नुना कोइँच सुनुवारको पहिलो मातृभाषा सुनुवार आधुनिक गीति एल्बम 'ब्लाशो थुँ' एल्बमको लोकार्पण भएको छ । आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारको प्रमुख आतिथ्यता उक्त गीति एल्बमको लोकार्पण भएको हो ।

राजधानीको बौद्धस्थित सुनुवाहरुद्वारा सञ्चालित कोईच क्याफेमा आयोजित कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले एल्बम बारे आ-आफ्ना धारणा राखेका थिए । एल्बमका बारेमा प्रमुख अतिथि अमृत बहादुर सुनुवारले गीत संगीतको माध्यमबाट भाषा संस्कृतिको जगेर्ना गर्न केही हदसम्म गतिलो माध्यम भएको बताए । एल्बमको बारेमा चर्चा गर्दै सुनुवारले अरु भाषाको तुलनामा सुनुवारहरुको गीति एल्बम कम बजारमा आएकोले नुनाको यो एल्बमले अर्को इट्टा थपेकोमा आगामी दिनहरुको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सुनुवार सेवा समाज संघीयका महासचिव समिर मुखिया सुनुवारले सुनुवारहरुको धर्म संस्कृति र रितिरिवाजलाई गीत संगीत तथा पुस्तकमा मात्र प्रकाशित गरेर सुनुवारहरुको मौलिकता नजोगिने जिकिर गरे भने भावी नयाँ पुस्ताले गीत संगीतको माध्यमबाट मात्र हैन सुनुवार समुदायको गहण अध्ययन गरी नयाँ पुस्ताले अहिलेको युगलाई फड्को मारेर आफ्नो पहिचानको लागि लड्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख सल्लाहकार सामुयल सुनुवार 'साम' ले एल्बम बारे बिस्तृत जानकारी गराएका थिए । सुनुवारले सबै जनाको सहयोग र साथ अझै निरन्तर रहे सुनुवारहरुको पहिचान तथा संस्कृति जर्गेनाका लागि यस्तो प्रयास सदैव जारी राख्ने समेत प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा गायक पुष्कर सुनुवार, शिव सुनुवार लगायत विभिन्न संस्थाबाट आमन्त्रित अतिथिहरुले एल्बमको बारेमा चर्चा गरेका थिए ।






कार्यक्रममा नव गायिका सुनुवार प्रवासमा रहेर पनि आफ्नो मातृभाषा र संस्कृतिको जगेर्नाको निम्ति आफुले यस एल्बमबाट उत्साहित भएको र आगामी दिनहरुमा पनि निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे । भाषाको एल्बममा ५ वटा गीत समाबेस गरिएको जानकारी समेत गराए । आफ्नो भाषा संस्कृति जर्गेना गर्ने उद्देश्यले आफुले यो पहिलो प्रयास रहेको उनको भनाई थियो । यस एल्बममा तीन वटा गीत उनकै रचना छ भने दुई वटामा भने उनले स्वर भरेकी छिन । एल्बममा समावेश दुई वटा गीत समिर मुखिया सुनुवारको रचना रहेको छ ।

एल्बममा समावेश गीतमा नुना कोइँच सुनुवार, पुष्कर सुनुवार, निशा मुखिया सुनुवार, महेश मुखिया सुनुवार र जिवन कुमार सुनुवारले स्वर दिएका छन् भने एल्बममा समावेश सम्पूर्ण गीतको पुष्कर सुनुवारले स‌ंगीत तथा एरेञ्ज भरेका छन् ।

एल्बमलाई कोइँच कुम्सो खिँले बजार व्यवस्थापन गरेको छ भने मिडिया पार्टनरमा अखबार टाईम्स साप्ताहिक, सुनुवारओआरजी, सन्ध्या टिभी, मेलोडि अनलाईन टिभी, ईन्डिजिनियस टेलिभिजन र अखबारनेपाल डटकमले साथ दिएको छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan