बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
समाचार
Sep 25, 2018
नेपाली कांग्रेसद्वारा देशैभरका १२ स्थानबाट संशोधन तथा सुझाव लिँदै
मंगलवार, असोज ९, २०७५
काठमाडौं: नेपाली कांग्रेसले देशैभर पार्टीको प्रारम्भिक विधान मस्यौदा बारे नेता कार्यकर्तासँग सुझाव लिइरहेको छ । नवौं पटक पार्टीको विधान संशोधन गर्न लागेको कांग्रेसलाई संविधान अनुसार पार्टी सञ्चालन र पूर्ण कार्यान्वयन हुने गरि विधान बनाउन देशैभरबाट सुझाव दिइरहेका छन् ।

पार्टीको विधान पूर्ण रुपमा कार्यान्वयन नहुदाँ पार्टीले सहि गति लिन नसकेको र हार बेहोर्न बाध्य भएको आरोप खेपिरहेको कांग्रेस कसरी बलियो हुने दाउमा छ । संघीय संरचनामा मुलुक गईसक्दा समेत पार्टी पुरानै संरचनामा चलिरहेको अवस्थामा कांग्रेसले विधानलाई नयाँ बनाउन लागेको हो ।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वको मस्यौदा समितिले तयार पारेर देशैभरका १२ स्थानबाट सुझाव तथा संशोधन लिइरहेको छ । विधान बन्ने तर कार्यान्वयन नहुने अवस्थाबाट अव मुक्त हुने गरि अगाडी बढ्नुपर्ने सुझाव दिएका छन् । निर्वाचनमा टिकट वितरणमा नेता हाबी हुदाँ धेरै स्थानमा पराजय भोग्नु परेको भन्दै प्रदेश र स्थानीय तहमा केन्द्रले उम्मेदवार तोक्न नपाउने ब्यवस्था गर्न सुझाव दिएका छन् ।

पार्टी संघीय संरचनामा गएको र समावेशी हुनुपर्ने भएकोले हालको ८५ सदस्य बढाएर १ सय ३३ सदस्यीय केन्द्रीय समिति बनाउन नेतृत्वलाई कार्यकर्ताको सुझाव छ । असोज ८ देखी सुरु १२ गतेसम्म प्रारम्भिक मस्यौदामाथी कांग्रेसले समूहगत रुपमै छलफल गर्ने र सुझावलाई पूर्ण रुपमा कार्यान्वयन गरि समय सापेक्ष विधान बनाउने कांग्रेसको भनाई छ ।

२०१७ सालमा पहिलो पटक विधान जारी गरेको कांग्रेसले २०७२ फागुनमा आठौं संशोधन गरेको थियो । तर संघीय संरचना अनुसार पार्टीको विधान बनाउन नवौं संशोधनलाई ब्यापक र वृहत रुपमा कांग्रेसले छलफल र सुझाव लिइरहेको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan