शुक्रबार, २ कार्तिक, २०७५ (Fri, 19 October, 2018)
देश
Sep 25, 2018
लामो समयको अन्योलपछि दसैंका लागि अग्रिम टिकट बुकिङ सुरु
मंगलवार, असोज ९, २०७५
काठमाडौं: दशैंमा घर फर्किने यात्रुलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ सुरु भएको छ । लामो समयको अन्योलपछि दशैंका लागि अग्रिम बस टिकट बुकिङ आजबाट खुलेको छ ।

रोजगारी, व्यवसाय, पढाई लगायतका कारणले काठमाडौं उपत्याकामा बस्दै आएकाहरु दशैं तिहार र छठ जस्ता ठूला पर्वका लागि एकैपटक ठूलो संख्यामा गृहजिल्ला फर्किने भएका कारण विगतका वर्षमा जस्तै यस वर्ष पनि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको हो ।

असोज ५ गते देखि नै खोल्ने भनिएको अग्रिम टिकट बुकिङ ईन्धनको मूल्य बढेका कारण व्यवसायीले रोकेका थिए । सरकारले १० प्रतिशत भाडा बृद्धि गर्ने र रोकिएका समितिहरुका बैंक खाता खोल्ने सहमति गरेपछि अग्रिम टिकट बुकिङ खुलेको छ ।

राजधानीका गोगंवू, कोटेश्वर, सुन्धारा, गौशला, चावहिल लगायतका स्थानहरुका दशैंका लागि अग्रिम टिकट बुकिङको व्यवस्था मिलाइएको छ । यसै गरी ती स्थानहरुमा गुनासो सुन्नका लागि यात्रु सहायता कक्षहरु समेत राखिएको छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan