बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
मनोरञ्जन
Nov 27, 2018
मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धी श्रृंखला खतिवडा सेमिफाइनलमा, राजनीतिक वृत्तमा पनि श्रृंखलाको चर्चा
मंगलवार, मंसिर ११, २०७५
काठमाडौं: मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गरिरहेकी श्रृंखला खतिवडा अन्तिम प्रतिस्पर्धाका लागि यतिबेला चीनमा छिन् । १२१ देशका सुन्दरीबीचको प्रतिस्पर्धामा सेमिफाइनलमा पुगेकी श्रींखलाले मल्टिमिडिया क्याटेगोरीमा अग्रता कायम राखेकी छिन् ।

डिसेम्बर ८ मा हुने मिस वर्ल्ड २०१८ को फाइनलका लागि नेपाली सुन्दरी श्रृंखला यतिबेला चीनको सान्या सहरमा छिन् । १२१ सुन्दरीसँगको प्रतिस्पर्धामा श्रृंखलाले आफूलाई उत्कृष्ट ३० भित्र पार्न सफल भैसकेकी छिन् भने मल्टिमिडिया बिधामा अग्रता कायम गर्न सफल देखिन्छिन् ।

श्रृंखलाले देशको प्राकृतिक सौन्दर्य, एतिहासिक बिशेषताबारे विश्वलाई बताउँदै आएकी छिन् । प्रतिष्पर्धी देशका सुन्दरीलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्य गरेको समेत श्रृंखलाले जानकारी दिएकी छिन् ।

सामाजिक सञ्जालका माध्यमबाट गरिने लाइक, कमेन्ट लगायतका भोटबाट प्रतिस्पर्धाकै अग्रस्थानमा रहन सफल श्रृंखलाले अग्रता कायम राख्न सके मल्टिमिडिया उपाधि जित्ने सम्भावना प्रवल छ । संघीय संसदका सदस्य समेत रहेका नेकपाका नेता विरोध खतिवडाकी छोरी भएका कारण श्रृंखलाको चर्चा राजनीतिक वृत्तमा समेत चलिरहेको छ । नेकपाका नेताहरूले समेत उनका लागि भोट अपिल गरिरहेका छन् ।

भोट गर्न के गर्ने त ?

श्रृंखलालाई भोट गर्नका लागि MOBSTAR नामक एप डाउनलोड गर्नुपर्दछ । कुनै पनि समाजिक सन्जाल एकाउन्टबाट यसमा लग इन गर्न सकिन्छ र अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गरेर निलो टिक भएको प्रोफाइलमा गएर फोटो, भिडियोलाई देब्रेवाट दाहिने तिर स्वाइप गरेमा YES आउने छ र यही नै भोटमा गणना गरिएको संकेत हो ।

श्रृंखलाका फोटो र भिडियोमा गरिएका कमेन्ट पनि भोटमा गणना हुने भन्दै उनले जतिसक्दो सेयर गर्न समर्थकहरुलाई अनुरोध गरेकी छिन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang