बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
विचार
Dec 03, 2018
जलवायू परिबर्तनको असर: रोशीमा जलचर जीव लोपोन्मूख
सोमबार, मंसिर १७, २०७५

- कुमार यात्रु, काठमाडौ

अत्याधिक मानवीय हस्तक्षेप, किटनाशक औषधिको बढ्दे प्रयोग तथा जलवायू परिवर्तनका कारण पहाडी भेगका खोला तथा नदी नालामा पाइने रैथाने माछा तथा अन्य जलचर जीवहरु लोप हुने अवस्थामा पुगेका छन् । यस्तै अवस्था काभ्रे जिल्ला भएर बग्ने रोशी खोलाको पनि छ ।

पहाडी इलाका भएर बग्ने रोशी खोलामा रैथाने असला तथा बुदुना माछा पाईने गरेको थियो । तर, अहिले ती माछा मात्र नभएर भ्यागुता, चेपागाडा तथा गंगटोजस्ता जलचर तथा उभयचर प्रजातिका जीव पनि लोप हुने अवस्थामा पुगेका छन् ।

स्थानीय ठूली भूजेलका अनुसार आजभन्दा दश बर्ष अगाडिसम्म रोशीमा प्रसस्त माछा तथा जलचर जीवहरु थिए , तर अहिले तीनको नाम निशाना नै हराएको छ । भूजेलको भनाई छ, ‘म यही ठाउँमा बढेर अहिले ७५ बर्षकी भएँ, सानोमा यही खोलाको माछा खाएर सकिदैन थियो, हामी सामुहिक रुपमा माछा मार्ने गर्दथ्यौ, भाग लगाएर बाड्ने गरिन्थ्यो । तर अहिले माछा त के झिँगा पनि पाउन छोडे ।’

माछा तथा भ्यगुता लगायतका जलचर प्राणीले मानव स्वास्थ्य, वातावरण तथा खाद्य सुरक्षालाई सहयोग गरेको हुन्छ । यी जलचर पणीले पर्याबरण सन्तुलन, आदिवासीको साँस्कृतिक र आध्यात्मीक प्रचलनलाई टेवा दिएको हुन्छ ।

चेपागाडाले त जैविक सामाग्रीको उपयोग गरेर पानीको स्वच्छतालाई सहयोग गरेको हुन्छ ।
भ्यागुताले कृषिबाली नष्ट गर्ने किरालाई नष्ट गरेर खाद्यन्न उत्पादनमा योगदान गरेको हुन्छ ।

आदिवासी नेवार तथा तामाङ समुदायको आध्यात्मीक तथा धार्मिक क्रियाकलापमा प्रयोग गरिने माछाा तथा अन्य जलचर पणी अभाव हुन थाले पछि सास्कृतिक चालचलनमा पनि असर परेको स्थानीयहरुको अनुभव छ । स्थानीय सुनथान निबासी इन्द्र कर्मचार्य भन्छन्, ‘नेवारहरुको धार्मिक अनुष्ठानहरुमा सगुनका रुपमा प्रयोग हुने माछा नपाए पछि अहिले बाहिरको माछा चढाउनु पर्छ । हाम्रो कुल र पित्रीकामका लागि स्थानीय नदीको माछा चढाउनु पबित्र मानिन्छ । तर खोलामा माछा नै ाभए पछि कसरी चढाउनु ?’

१ देखि ६ डिग्री सेल्सियससम्म तापाक्रमको बृद्धिले माछाको अण्डामा निरसता आउने तथा चेपागाडा, भ्यागुताको मृत्युदर बढ्ने गरेको अनुसन्धाकर्ताहरुको भनाई छ । यही कारण यहाँ पनि माछालगायतको जलचर जीव लोप भएको हुन सक्ने स्थानीयहरु बताउँछन् ।
काभ्रे पनौतिका लालबहादुर भूजेलको अनुमानमा खोलामा माछा पाउन छोड्नुको पछाडि जलवायू परिबर्तन हो । उनले अगाडि भने ‘यो कसरी हुन्छ भनेर त म भन्न सक्दीन, तर हिजो भन्दा आज खोला सुकेको छ । पानीका मुहानहरु मासिएका छन् ।’

रोशी जस्ता साना खोलालाई पर्याबरणीय सन्तुलन, जलवायू परिबर्तन र जैविक विविधताका देष्टिकोणले महत्वपूर्ण मानिन्छ । यस प्रकारका खोलाहरु भएकै कारण नेपाल जैविक विविधताको धनी मानिएको हो । यी खोलाहरुले स्थानीय बासिन्दाको जीवनयापनलाई सहज बनाएको थियो । यीनै खोलानालामा जलचर, उभयचर जीव तथा आसपासमा बिभिन्न प्रजातिका चराको पनि बासास्थल बनेको पाइन्छ । तर पछिल्लो समयमा मानवीय गतिबिधिका कारण यस्ता सहायक खोला तथा नदीहरु अतिक्रमणमा परेका छन् । पानीका स्रोतहरु सुक्दै गए पछि साना खोलाहरुको अस्तित्व नष्टसंगै त्यसमा आश्रित जीव तथा चराहरुको पनि अस्तित्व संकटमा पुगेको र त्यसमा निर्भर आदिवासी जनजातिको जीवनशैली प्रभावित हुने नै भयो । पनौतिका स्थानीय माइला तामाङ भन्छन् ‘हामी तामाङहरु खोलालाई पुजा गर्छौ, तर अहिले त पानीको पुजा गर्ने ठाऊ पनि छैन । खोला फोहर छ ।’

यसरी रोशीमा पानीको सतह घटेबाट माछालगायत जलचर प्राणीको अस्तित्व लोप भए संगै स्थानीय आदिवासी जनजातिहरु पनि प्रभावित बनेका छन् । खास गरेर कृषि पेशामा आबद्ध आदिवासीहरु रोशी खोलाको पानी पर्याप्त नभए पछि सिचाईमा पनि असर परेको छ । यसले कृषि उत्पादनलाई घटाएको छ । ‘हिउँदमा गाई बस्तुले खाने पानी पनि उपलव्ध हुन्न, भएकै पानी पनि फोहर हुन्छ, गाई भैसीलाई यस्तो पानी खुवाउनु हुन्न भनेर हामी खान दिन्नौ’ स्थानीय जानुका ताम्राकरले सुनाइन् । यो जलवायू परिबर्तनको प्रत्यक्ष असर हो । यस्तो असर बिगत बर्षको तुलनामा निरन्तर रुपमा पर्दै गएको छ ।

विश्वका विभिन्न स्थानहरुमा पानी पर्ने, हिउँ पर्ने र असिना पर्ने ढाँचामा अस्वाभाविक परिवर्तन देखिए झै पहाडी इलाकामा पानीका स्रोतहरु कमहुँदै गएका छन् । यसबाट रोशी खोलाजस्तै बहुउपयोगी खोलाहरुमा निर्भर आदिवासीहरु पनि संकटमा पर्दै जानु पक्कै पनि चिन्ताको बिषय हुन सक्छ ।

(साभारः इन्डिजिनियस फिचर सेवा)
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang