बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
मनोरञ्जन
Dec 03, 2018
श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा स्थान सुरक्षित
सोमबार, मंसिर १७, २०७५
काठमाडौं: मिस नेपाल श्रृंखला खतिवडा चीनको पर्यटकीय सहर सान्यामा जारी मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा प्रवेश गर्न सफल भएकी छन् । केन्या र मेक्सिकोका सुन्दरीलाई मल्टिमिडिया अवार्डमा उछिन्दै नेपाली सुन्दरी श्रृंखलाले आफूलाई अन्तिम ३० भित्र पार्न सफल भएकी हुन् ।

चीनको सान्यामा भइरहेको मिस वर्ल्ड २०१८ मा सहभागी श्रृंखला पहिलो राउन्डमा भएको हेड टु हेड च्यालेन्ज अन्तरगत समूह १३ मा लक्जेम्बर्ग, बोस्निया एन्ड हर्जगोभिना, गुयाम र माल्दोभाकी सुन्दरीलाई हराउँदै अघि बढेकी थिइन् ।

त्यसपछि अन्तिम ३० का लागि भएको हेड टु हेड च्यालेन्जमा उनी सिंगापुरकी सुन्दरीसँग पराजित भएपछि अन्तिम ३० मा प्रवेश गर्न असफल भएकी थिइन् । तर सोमबार भएको प्रतिस्पर्धामा मिस मल्टिमिडिया र ब्युटी विद द पर्पोज अवार्ड जित्दै मिस वर्ल्डको अन्तिम ३० मा पुगेकी हुन् ।

हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएर टप ३० मा पुग्ने अवसर गुमाएकी श्रृंखलालले अन्ततः मल्टिमिडियातर्फ बाजी मार्दै आफूलाई अब्बल सावित गरेकी हुन् ।

हिजो भएको हेड टु हेड च्यालेन्जमा श्रृंखला सिंगापुरकी भेनेसा पहेसँग पराजित भएकी थिइन् । भेनेसाले उत्कृष्ट प्रस्तुति दिएपछि शृङ्खला कमजोर देखिएकी थिइन् । तर उनले मल्टिमिडिया तर्फ अब्बल सावित गर्दै अन्तिम ३० मा स्थान बनाइन् ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang