बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
मनोरञ्जन
Dec 10, 2018
काठमाडौ फिल्म फेस्टिभल, किम्फको १६औ संस्करण राजधानीमा जारी
सोमबार, मंसिर २४, २०७५
काठमाडौं: काठमाडौ फिल्म फेस्टिभल, किम्फको १६औ संस्करण राजधानीमा जारी छ । हरेक वर्ष फरक विषयवस्तुलाई एजेन्डा बनाएर आयोजना गरिने यस फेस्टिभलको यस वर्षको नारा वुमन मुभ माउन्टेनस रहेको छ ।

पासाङ ल्यामु शेर्पा र सरिना राईको हिमाल चढदाको अनुभव देखाइएको यस चलचित्र हो “मदरेड बाई माउन्टेन्स”। यस्तै किसिमको महिला लक्षित नेपाली र विदेशी ७२ वटा डकुमेन्ट्रि, सर्ट फिल्म, प्रयोगवादि तथा एनिमेटेड फिल्म किम्फमा देखाइन्छ जसमा १२ जना महिला निर्देशकले आफना चलचित्र प्रस्तुत गरेका छन । किम्फमा देखाइने ३० देखि ४० प्रतिशत फिल्म तथा डकुमेन्ट्रिमा महिला संलग्न छन् । उनीहरुले प्राविधिक तथा निर्देशकको काम गरेका छन ।

हरेक वर्ष विभिन्न विषयवस्तुलाई एजेन्डा बनाएर आयोजना हुने किम्फको यस वर्षको संस्करण महिला लक्षित छ । नारा नै छ, “वुमन मुभ माउन्टेन्स“। हिमाल एसोसिएसनद्धारा आयोजित यस फेस्टिभलमा विशेषत हिमालय संस्कूति, खेलकुद, साहसिक कार्य एवम सामानिक विषयवस्तु समबन्धि डकुमेन्ट्रि देखाइने गरिन्छ । यस वर्ष भने यस किसिमका फिल्म निर्माणमा जोडिने महिलालाई सम्मानसँगै उनीहरुको योगदानको कदर गर्न सो नारा तय गरिएको हो ।

आफना डकुमेन्ट्रि तथा फिल्म किम्फमा देखाउनुलार्ई उनीहरु राम्रो प्लयाटफर्मको रुपमा लिन्छन । महिलाहरु आफनो कथा आफै भन्न सक्षम बनाउन किम्फले मद्घत पुर्याउने किम्फकि निर्देशिका रामायता लिम्बुको दाबी छ । मंसिर २१ देखि २५ गतेसम्म संचालन हुने किम्फ फेस्टिभलमा सगरमाथा आरोहण गरेका ५ महिला पत्रकारहरुले सगरमाथा क्षेत्रमा खिचेका तस्बिर एवम डकुमेन्ट्रि पनि प्रदर्शन गरिएको छ ।।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang