बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Dec 15, 2018
नुवाकोटको दुप्चेश्वरमा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो
शनिबार, मंसिर २९, २०७५
नुवाकोट : जिल्लाको उत्तरपुर्वी भेगस्थित घ्याङफेदीको घ्याङडाँडामा शुक्रबार बेलुकी मिनिट्रक दुर्घटना हुँदा ज्यान जानेको संख्या २० पुगेको छ । कच्ची सडकबाट खसेर भएको दुर्घटनामा तीन महिला सहित २० जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना घाइते भएको उद्धारमा संलग्न दुप्चेश्वर गाउंपालिकाका अध्यक्ष योविन्द्रसिह तामाङले बताए । उनका अनुसार उद्धारमा चिसो मौसम भीर बाधक रहेको छ ।

दुर्घटनामा शिखरबेँसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदीको सिसिपुका ३५ वर्षीय रिवल तामाङ र ४० वर्षीय आइत तामाङ रहेको अध्यक्ष तामाङले बताए । सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमास्थित दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित घ्याङडाँडामा शुक्रबार बेलुकी खचाखच यात्रु भएको बा३ख ३९१३ नम्बरको आइचर दुर्घटना हुँदा त्यसमा यात्रारत तीन महिलासहित १८ यात्रुको ज्यान गएको हो ।

दुर्घटना लगत्तै स्थानीयवासीले उद्धार गरेका थिए । दुर्घटनाको चार घण्टापछि मात्र सुरक्षाकर्मीको टोली पुगेको थियो । घाइतेहरुको उद्धार र शव संकलन गर्न पाँच घण्टा भन्दा बढी समय लाग्ने उद्धारकर्मीहरुले बताएका छन् । कच्ची र साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang