बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Dec 15, 2018
यातायात क्षेत्रको सिन्डिकेट हट्न सकेन, कम्पनीमा दर्ता हुन व्यवसायीको आनाकानी, आईतबारदेखि समितिका गाडी गुड्न नदिने सरकारको तयारी
शनिबार, मंसिर २९, २०७५
काठमाडौं: सरकारले दोस्रो पटक थप गरेको समय सिमामा समेत सिन्डिकेट हट्न सकेको छैन । कम्पीमा एक सय भन्दा बढी सदस्य बस्न नपाउने कानुनी मान्यताका कारण समितीहरु प्रालीमा जान मानेका छैनन् । आफैले तोकेको समय सिमा सकिदा आगामी कदमका विषयमा सरकार बल्ल छलफलमा जुटेको छ भने यातायात व्यवस्था विभाग भने आइतबारबाट समितिका गाडी सडकमा गुड्न नदिने तयारीमा जुटेको छ ।

सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाएको भन्दै सफल कार्यक्रमको सूचिको अग्र स्थानमा राख्ने गरेको छ । तर सरकारको दावी अनुसार सिन्डिकेट व्यवहारमा भने हट्न सकेको छैन । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिले साउन १ गते सम्म यातायात समितीलाई कम्पनी मोडलमा दर्ता गराउन निर्देशन दिएको थियो । तर असार मसान्तसम्म कम्पनीहरु दर्ता हुन नआपछि यसको समयाअवधी पुस मसान्त सम्म पुर्याइयो । पुस मसान्त सम्म आइपुग्दा यातायात व्यवस्था विभागमा करिव ३ हजार कम्पनीका ८ हजार सवारी साधनमात्र दर्ता भएका छन् ।

यातायात व्यवस्था विभागमा दर्ता भएका कम्पनीहरु तत्कालिन समयका साना समितिहरु मात्र हुन । ठूला समितिहरु भने विभिन्न माग राख्दै कम्पनीमा दर्ता हुन मानेका छैनन । कम्पनीमा एक सय भन्दा बढी सदस्य हुन नपाउने कानुनी व्यवस्थाका कारण एक सय धन्दा धेरै सदस्य भएका समितिहरु प्रालीमा आउन सकेका छैनन् । यातायात व्यसायी राष्ट्रिय महाँसघले आपत्कालीन बेठक बसी प्रालीमा जादा जती सदस्य भएपनी जान पाउनु पर्ने माग राखेको छ ।

सरकारले भने ठूला समितिहरुलाई कसरी प्रालिमा ल्याउने भन्ने छलफल भइ रहेको जनाएको छ । सरकारले निर्धारण गरेको समय सिमा सकिनै लाग्दा समितिका सवारी सडकमा गुड्न नदिने तयारीमा विभाग लागेको छ । सरकारले दुई पटक थप गरेको समय सिमामा समेत यातायात क्षेत्रको सिन्डिकेट हट्न सकेको छैन्, भने आफैले दिएको समय सिमा सकिदा समेत के गर्ने भन्ने अयौलमा सरकार छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang