बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Dec 17, 2018
नेपाली कांग्रेसको महासमिति बैठक केही दिन लम्बिने, विधान संशोधनमा विवाद चर्कियो
सोमबार, पौष २, २०७५
काठमाडौं: नेपाली कांग्रेसको महासमिति बैठक केही दिन लम्बिने भएको छ । शनिबारबाट बैठक सुरु भएपनि महासमिति बैठकमा विधान र राजनीतिक प्रस्तावमा सहमति जुट्न नसकेपछि वैठक लम्बिने भएको हो । शीर्ष तहमै विधान र राजनीतिक प्रस्तावमा सहमति नजुटेपछि आजको बैठक झन्डै ५ घण्टा स्थगित भएको थियो ।

पार्टीको विधान संशोधन मस्यौदाका विषयमा विवाद चर्केर गएको छ । विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि विवाद समाधान हुनुको सट्टा यो विषय झन् पेचिलो बन्दै गएको छ ।

विवाद समाधानका लागि सोमबार बिहान सिंहदरबारमा बसेको काँग्रेस पदाधिकारी बैठक पनि बिना निष्कर्ष सकिएको थियो । साँझ केन्द्रीय कार्य समिति बैठकबाट सो विषयमा आवश्यक निर्णय लिने निर्णय गर्दै पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको थियो ।

पदाधिकारीको संख्या, केन्द्रीय कार्य समितिको प्रतिनिधित्वलगायतका केही सवालमा देखिएको समस्या साँझ बस्ने केन्द्रीय कार्य समिति बैठकले हल गर्ने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

कांग्रेस महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आय-व्ययसम्बन्धी प्रतिवेदनमा छलफल भइरहेको छ । तर विधान मस्यौदामा भने सहमति नजुटेपछि अपरान्ह केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदनमा काँग्रेस केन्द्रिय कार्य समितिमा अझै सहमति जुटन सकेको छैन । पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति नजुटेकै कारण सो प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन नसकेको हो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang