बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Dec 17, 2018
नेकपाको स्थायी समितिको बैठकमा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदनमाथि सदस्यले धारणा राख्ने क्रम सुरु
सोमबार, पौष २, २०७५
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकमा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदनमाथि सदस्यले धारणा राख्ने क्रम सुरु भएको छ । पार्टी मुख्यालय धुम्वाराहीमा आज झण्डै ५ घण्टा बसेको बैठकमा १० स्थायी कमिटि सदस्यले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए ।

अध्यक्षद्धयद्धारा प्रस्तुत प्रतिवेदनमा स्थायी कमिटि सदस्यहरुले सुझाव सहितको धारणा प्रस्तुत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अध्यक्षद्धयको प्रतिवेदनमा पार्टी एकता, संगठनिक एकीकरण, सरकार सञ्चालनको ९ महिना, राजनीतिक दलहरुको भुमिका तथा पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित बनाउने लगायतका विषय उल्लेख छ ।

शनिबार स्थायी कमिटिको बैठकमा अध्यक्षद्धयले प्रतिबेदन पेश गरेका थिए । अध्यक्षद्धयको प्रतिवेदन सँगै सचिवालय सदस्य बामदेव गौतमले समेत फरक मत सहितको प्रतिवेदन पेश गरेका थिए । स्थायी कमिटि सदस्यहरुले दुवै प्रतिवेदनमा रहेर आफ्नो धारणा प्रस्तुत गरिरहेको प्रवक्ता श्रेष्ठको भनाई छ । बैठक भोली बिहान ८ बजे पुन बस्नेछ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang