बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Dec 17, 2018
आवश्यक कानुन निर्माणका लागि विधेयक ल्याउन नसक्दा सुदूरपश्चिम संसदको हिउँदे अधिवेशन अनिश्चित
सोमबार, पौष २, २०७५
सुदूरपश्चिम प्रदेश सरकारले आवश्यक कानुन निर्माणका लागि विधेयकहरु ल्याउन नसक्दा संसदको हिउँदे अधिवेशन अनिश्चित भएको छ । असोज २३ गते सकिएको संसदको बर्खे अधिवेशन पछि हिउँदे अधिवेशनको तयारी अझै सुरु भएको छैन ।

१७ ओटा विधेयक पारित गर्दै २०७५ को असोज २३ मा सकिएको सुदूरपश्चिम प्रदेश संसदको हिउँदे अधिवेशन, सरकारले पर्याप्त विधेयकहरु ल्याउन नसक्दा अनिश्चित भएको छ । २०७४ सालको माघ २१ बाट सुरु भएर २०७५ को बैशाख २१ गते सम्म चलेको पहिलो बैठकले तीन ओटा विधेयक पारित गरेको थियो भने बर्खे अधिवेशनमा थप १४ ओटा विधेयक पारित भएका छन ।

सरकारले आफ्ना सेवा सुविधासँग सम्बन्धित विधेयकहरु बर्खे अधिवेशनमै प्राथमिकताका साथ पारित गरि सकेको छ । मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयक, प्रदेश सभाका पदाधीकारी तथा सदस्यहरुको पारिश्रमीक तथा सुविधा सम्बन्धि विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी विधेयकहरु बर्खे अधिवेशनमै पारित भईसकेका छन ।

अरु धेरै कानुन निर्माणमा सुदूरपश्चिम सरकार सुस्त देखिएको छ । विधेयकहरु उत्पादनका लागि राय दिने जिम्मेवारी पाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि सरकारको तर्फबाट खासै विधेयकहरु आई पुगेका छैनन ।

पहिलो र दोस्रो अधिवेशनमा संसदमा दर्ता गरेका १८ मध्ये १७ विधेयक पारित भएर प्रमाणित भइसकेका छन् । अहिले संसदमा प्रदेश सभा सञ्चालन तथा ब्यवस्था गर्न बनेको विधेयक मात्रै मंसिर २६ गते दर्ता भएको छ । बर्खे अधिवेशनमा पारित हुन नसकेको प्रदेशको सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक विषयगत समितिमा रोकिएको छ । प्रदेश सभा सचिवालय तयारी अवस्थामा रहेपनि सरकारकै तर्फबाट प्रयाप्त विधेयकहरु नआएकाले संसदको हिउँदे अधिवेशन अनिश्चित बनेको हो ।

कानुन मन्त्रालयबाट सैद्धान्तिक सहमति लिएपनि उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र कृषि भुमी ब्यवस्था तथा सहकारी मन्त्रालयबाट खासै विधेयकहरुको उत्पत्ती हुन सकेको छैन । प्रदेश सरकारले पहिलो वर्षलाई कानुन निर्माण वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । तर, अरु प्रदेशमा ३० भन्दा बढी कानुन बनिसक्दा सुदूरपश्चिम सरकार भने कानुन निर्माणमा पनि पछि परेको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang