बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
खेलकूद
Dec 17, 2018
नेपाल पुलिस क्लब पोखरामा आयोजित भलिबल प्रतियोगिताको शीर्षस्थानमा
सोमबार, पौष २, २०७५
काठमाडौं: एकैदिन दोहोरो जित निकाल्दै नेपाल पुलिस क्लब पोखरामा आयोजित भलिबल प्रतियोगितामा ९ अंक सहित शीर्षस्थानमा उक्लिएको छ । आर्मी र सशस्त्र समान ६-६ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने हेल्प नेपाल क्लब ५ अंकका साथ चौथो स्थानमा छ ।

दुई दिनमा तीन खेलमा पराजित भएको नयाँबजार सामाजिक युवा क्लब भने १ अंकका साथ पाँचौ स्थानमा छ । जावलाखेल माथि २५-२१, २५-१४ र २५-१८ को सेटमा पराजित गर्दै अगाडि बढेको पुलिसको विजययात्रालाई नयाँबजारले रोक्न सकेन् । पहिलो खेलमा जावलाखेलमाथि सोझो सेटले पराजित गर्दै आत्मविश्वासी देखिएको पुलिस क्लबले भारतीय खेलाडी सम्मिलित नयाँबजारलाई अन्तिम खेलमा चौथो सेटमा पराजित गर्यो ।

त्यस्तै शसस्त्र प्रहरी बलको एपीएफ क्लबले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ । शसस्त्रले २५-१८, २५-१५ र २५-१७ मा हराउँदै लिगको तेस्रो स्थानमा छ । दुई खेल खेलेको आर्मीले ६ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीले ढोरपाटन स्र्पोट्स क्लबलाई सोझो सेटमा पराजित गरेको छ । आर्मीले ढोरपाटन माथि २५-१९, २५-१७ र २५-१२ को सेटमा पराजित गरेको हो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang