बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
आर्थिक
Dec 17, 2018
लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत "एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा
सोमबार, पौष २, २०७५
काठमाडौं: एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत "एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको छ । नेपाल सरकारद्वारा जारी गरेको “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५” अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत “एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको हो ।

“एनएमबि सहुलियतपूर्ण कर्जा” लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरुमा लक्षित छ, जस अन्तर्गत सात प्रकारका कर्जाहरु विना धितो प्रदान प्राप्त गर्न सकिनेछ । साथै उक्त कर्जाहरु सहुलियतपूर्ण ब्याजदरमा बैंकले उपलब्ध गराउनेछ । फलस्वरुप विपन्न वर्गका जनताको उद्यमशिलता तथा व्यवसाय विस्तार गरी दिगो आर्थिक बृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ७ प्रतिशत व्याजदरमा सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ८ वटा व्यासायलाई लक्षित गर्दै बिना धितो व्यावसायिक योजनाका आधारमा अधिकतम १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ । बैंकले देशको आर्थिक विकास तथा व्यापार घाटा कम गर्नका लागि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

१५ सय अर्ब रुपैयाँको आयात हुँदा एक सय अर्ब रुपैयाँ पनि निर्यात नहुँदा देशमा व्यापार घाटा चुलिएको बताउँदै उनले आफ्नो तर्फबाट योगदान पुर्याउन कृषि क्षेत्रमा लगानी बिस्तार गर्न खोजिएको बताए । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या आयात कम नहुन्जेल समाधान नहुने भन्दै उनले रेमिट्यान्सको पैसा जबसम्म विलासिताका क्षेत्रमा खर्च हुन्छ तबसम्म बचत नहुने र यसको प्रभाव बैंकिङ क्षेत्रमा पर्ने उनले उल्लेख गरे ।

देशको आन्तरिक उत्पादन बढाउन बैंकले ८ वटा व्यावसायिक क्षेत्रमा कर्जा प्रवाह गर्ने योजना बनाएको केसीले जानकारी दिए। बैंकले व्यवसायिक कृषि तथा पशुपन्छीका लागि एक जनालाई १० लाख रुपैयाँसम्मको ऋण दिने छ । शिक्षित युवा स्वरोजगारका लागि ७ लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट फर्किएकाको युवा परियोजनामा १० लाख रुपैयाँसम्म, दलित समुदायको व्यवसाय विकासका लागि १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको लागि ५ लाख रुपैयाँसम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँसम्म र महिला उद्यमशिलताका लागि १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang