बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
आर्थिक
Dec 17, 2018
जनता बैंकको कार्ड मार्फत सामान खरिद र तुरुन्त भुक्तान गर्न सकिने सेवाको शुरुवात
सोमबार, पौष २, २०७५
काठमाडौं: ईन्टरनेटको प्रयोगमा भएको बृद्धिसँगै सोको माध्यमद्धारा बजारमा बिभिन्न किसिमका बस्तु तथा सेवाको खरिद बिक्रि पनि बढ्दो क्रममा रहेको छ । समय अनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवाको शुरुवात गरेको छ ।

जनता बैंकका कार्ड होल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन्, जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने छ । सो सेवा लिनका लागि ग्राहकसंग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवा प्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।

भिसा इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’ मा आधारित यो प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबार पूर्ण सुरक्षित रहेको बैंकले जनाएको छ । यस सेवा मार्फत सुरक्षित रुपमा नगद रहित कारोवारलाई प्रोत्साहन गर्नुको साथै विदेशमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झन्झट रहित भुक्तानीको अवसर प्राप्त हुने विश्वास बैंकले लिएको छ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang