बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Dec 24, 2018
नेपाली कांग्रेसले विधानलाई परिमार्जन गरि लोकतान्त्रिक र समावेशीका दृष्टिले विश्वकै उत्कृष्ट पार्टी भएको दाबी
सोमबार, पौष ९, २०७५
काठमाडौं: महासमिति बैठकपछि नेपाली कांग्रेसले विधानलाई परिमार्जन गरि लोकतान्त्रिक र समावेशीका दृष्टिले विश्वकै उत्कृष्ट पार्टी भएको दाबी गरेको छ । सबै पदाधिकारी निर्वाचित हुने र संविधानलाई कार्यान्वयन गर्न सवै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चिचता गरेको कांग्रेसको भनाई छ ।

कांग्रेसको महासमिति बैठकमा पदाधिकारी निर्वाचित हुने कि मनोनित हुने भन्नेमा शीर्ष नेता नै एकहप्ता गलपत्ति गरे । तर अन्तिममा सर्वसम्मत रुपमा विधान सहित ५ वटा प्रतिवेदन सर्वसम्मत पारित गरि पार्टी समावेशी र लोकतान्त्रिक दृष्टिले उत्कृष्ट बनेको दाबी गरेका छन् ।

कांग्रेसले कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित गर्ने र संविधान अनुसार ८ वटा क्लटरमा पार्टीको सहमहामन्त्री निर्वाचित गर्ने ब्यवस्था गरेको छ । त्यस्तै केन्द्रीय तहदेखि गाउँ तहसम्म सबै जाति, सम्प्रदाय र पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको हो । १ सय ६७ केन्द्रीय समितिमा महिलाको ३३ प्रतिशत आरक्षण सुनिश्चित गरेको छ भने सबै जाति र सम्प्रदायको संविधान अनुसार प्रतिनिधित्व हुने उल्लेख छ ।

त्यस्तै ७ प्रदेश र ७ सय ५३ स्थानीय तहमा लोकतान्त्रिक र समावेशी बनाई राजनीतिक दृष्टिले अरुलाई पाठ सिकाउने दल बन्ने नेताहरुले दाबी गरेका छन् । विधानले समाजवादको मर्म र भावनालाई समेटेको भन्दै कांग्रेस अब आन्तरिक लोकतन्त्रमा मात्र होइन बाह्य लोकतान्त्रिक अभ्यासमा समेत अब्बल हुने दाबी गरेको छ ।

विधानमा केन्द्रदेखि गाउँसम्म सभापतिले २० प्रतिशत मनोनयन गर्न पाउने ब्यवस्था गरेको छ । १८ बर्ष पूरा भएपछि साधरण र क्रियाशिल गरि २ किसिमको सदस्यता लिन सकिने विधानमा ब्यवस्था छ । तर जातीय भेदभाव गर्नेको सदस्यता खारेज गरिने उल्लेख छ । सबै २६ वटा विभाग र आधा दर्जन समितिको ब्यवस्था गरेको कांग्रेसले सबैमा समावेशी बनाउने भन्दै अब नयाँ शीराबाट अगाडी बढ्ने दाबी समेत गरेको छ । तर विधानको ब्यवहारमा कत्तिको कार्यान्वयन हुन्छ, त्यो प्रतिक्षाको विषय बनेको छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang