बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Dec 24, 2018
कालिकोटको खाडा गाउँ मा ८७ घर जल्दा पीडितको विचल्ली, प्रदेश सरकारद्वारा राहत घोषणा
सोमबार, पौष ९, २०७५
कालिकोट: कालिकोट जिल्लाको पलाँता गाँउपालिका -१ खाडामा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन् । गएराति १० बजेदेखि नविन न्यौपानेको घरबाट सुरु भएको आगलागीले न्यौपानेहरुको उद्गम स्थल भनी चिनिने खाडाका ८७ घर जलेर नष्ट भएका हुन् ।

परम्परागत शैलीमा खरले छाएको छाना भएका १ सय ६९ घरधुरी रहेको गाउँको तल्लो छेउमा रहेको नविन न्यौपाने र मनीचन्द्र न्यौपानेको घरको माथिल्लो तलाबाट सुरु भएको आगोले जलेर ७ स्थानीय वासिन्दा समेत घाईते भएका छन् । नेपाल प्रहरी र स्थानीय वासिन्दाको सक्रियतामा आज दिउँसो १२ बजेमात्र आगो नियन्त्रणमा आएको छ । प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आगलागीको बिबरण भोलिसम्म मात्र आउने भएपनि ३ करोड रुपैयाभन्दा बढी क्षती भएको हुनसक्ने बताउनु भयो ।

कर्णाली प्रदेश सरकारले आगलागी परेका प्रति घरधुरीलाई २० हजार रुपैयाँ सहित खाद्यान्न बितरण गर्ने भएको छ । राहत बितरणका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली हेलिकप्टर मार्फत पलाँता पुगेको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang