बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
खेलकूद
Dec 24, 2018
प्रतिष्ठित विग बास क्रिकेट लिगमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन, सर्वाधिक विकेट लिने सूचीमा
सोमबार, पौष ९, २०७५
काठमाडौं: अष्ट्रलियाको प्रतिस्ठित बिगबास क्रिकेट लिग खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपले दोस्रो खेलमा अब्बल बलिङ प्रदर्शन गर्दै महत्वपुर्ण तीन विकेट लिए । आज सम्पन्न मेलबर्न स्टार्स र होबर्ट हरीकेन्सबीचको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिएका हन् ।

पहिलो ओभरमा एलेक्स डोलानलाई सन्दीपले बोल्ड आउट गरेका सन्दिपले तेस्रो ओभरमा म्याथ्यु वेडलाई क्याच आउट गराए । चौथो ओभरमा सन्दीपले बेन्जामिन म्याकडेरमोटलाई एलबिडब्लुको शिकार बनाए । सन्दीपले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो खेलमा पराजय व्यहोरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मेलवर्नले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । १ सय ५६ रनको लक्ष्य होवर्ट हुरिकेन्सले १८ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सन्दीपको टोली मेलवर्नले यसअघि पहिलो खेलमा सिड्नी थण्डरसँग पराजित भएका थियो । यसअघि सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए ।

बिग बासमा दोस्रो खेल सकिँदा सन्दीप सर्वाधिक ५ विकेट सहित तेस्रो स्थानमा छन् । पहिलो स्थानका रसिद खान र दोस्रो स्थानका जोफ्रा अर्चर सँगै समान ५-५ विकेट लिएका सन्दिप ईकोनमिका कारण पछि परेका हुन् ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang