बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
आर्थिक
Dec 25, 2018
मुलुकमा हुण्डिमाथि प्रतिबन्ध लागे पनि हुण्डीको कारोबार फस्टाउँदै
मंगलवार, पौष १०, २०७५
काठमाडौं: मुलुकमा हुण्डिमाथि प्रतिबन्ध लागे पनि अस्ट्रेलियामा हुण्डी खुलेआम चलिरहेको छ । अस्ट्रेलिया मात्रै हैन अन्य देशमा हुण्डीको कारोबार हुने गरेको पाईएको छ । हुण्डीका ठूला कारोबारीका लागि ग्राहक आकर्षित गर्न फेसबुकबाट प्रचार गरेर ग्राहकलाई आकर्षण गरेर विज्ञापन नै गर्ने खालको होडबाजी राख्ने गरेको पाईएको छ ।

‘मौका गुमाउनुहोला है !!’ या ‘आजको सर्वाधिक राशी हाम्रो ठाँउमा’ अथवा ‘हामी बिना शुल्क पठाउँछौ’ या त ‘तपाईँको दाम हाम्रो सही ठेगानामा पुर्‍याउने काम’ जस्ता लोकप्रिय नारा राखेर फेसबुक खुल्ने बित्तिकै यी यस्ता खालको म्यासेजहरु हेर्न पाइन्छ ।

हुण्डीको आफ्नो आवरण छोप्न अन्य कुनै सभ्य ब्यापार अगाडि सार्ने गर्छन् । तर, स-सना हुण्डीका नयाँ व्यवसायी ग्राहक आकर्षित गर्न यस्ता लोकप्रिय ‘अफर’ फेसबुक मार्फत प्रचारमा राखेको पाईएको छ । अस्ट्रेलियन सरकारले गर्ने सरर्सती अनुगमनले यसलाई कानुनी मान्यता दिएपनि यिनीहरूले नेपाल पठाउने भनेर लिएको रकम हङकङ र ग्वान्जाओ पठाउने कार्य मनी लन्डरिङको दायरामा पर्न सक्छ।

हरेक महिना फरक कम्पनी, फरक एकाउन्ट र फरक नाममा खोलिने यस्ता धन्दामा ग्राहकको परिचयपत्र समेत उपयोग गरिएको देखिन्छ । जुन कुरा कहि कतै सानो गल्तीमा पनि ठूलो सजायको भागिदार बन्न सक्छ । नेपालमा हुण्डी निर्वाध चलिरहेको छ । राज्यले प्रतिबन्ध लगाए पनि प्रहरी, प्रशासन र केही कालाबजारीको मिलेमतोमा नेपालमा खुलेआम हुण्डी चलिरहेको छ ।

अस्ट्रेलियाको हुण्डीमा पनि दर्जन भन्दा बढी नेपाली मुलका ब्यवसायी स्थापित छन् । यिनीहरूले करिब एक दशकदेखि हुण्डीको कारोबार गर्दै आएको पाईएको छ । निर्वाध रूपमा हुण्डी कारोबार गर्नेलाई नेपालको कानुनी दायरामा बाँध्न सकिने खाले ब्यवस्थापनको खाँचो देखिएको छ । रेमिन्ट्यान्सले चलेको मुलुकमा करिब साठी प्रतिशत मात्र रकम राज्यको कानुनी निकायबाट स्वदेश भित्रिने गर्छ । बाँकी चालिस प्रतिशत हुण्डीबाट भित्रिने गरेको छ ।

यी र यस्ता खालको गैर कानुनी रुपमा हुण्डीको माध्यमबाट कारोबार गर्नेहरुको तथ्यांक सहित अर्को अंकमा प्रकाशित गर्ने छौं ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang