बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Dec 25, 2018
वाइडवडी विमान खरिदमा भएको भनिएको अनियमितता थप रहस्यमय बन्दै
मंगलवार, पौष १०, २०७५
काठमाडौं: नेपाल बायु सेवा निगमले ल्याएका वाइडवडी विमानको खरिद प्रक्रिया झनै रहस्यमय बन्दै गएको छ । संसदको समितिले वाइडवडी ल्याउँदा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै जवाफ मागेपनि मन्त्रालय वा निगमले चित्त बुझ्दो जवाफ दिन सकेका छैनन् ।

सार्वजनिक लेखा समिति अन्तर्गत वाइडवडी विमान खरीद प्रकरणबारे छानविन गर्न गठित उपसमितिले मंगलबार पर्यटनमन्त्री रवीन्द्र अधिकारी र सचिव कृष्णप्रसाद देवकोटालाई बोलाएर छलफल गरेको छ । मन्त्री अधिकारीले संसदीय समितिका धेरै बैठकहरुमा यसबारे जवाफ दिइसकेका छन् । उनले सधैं वाइडबडी खरिद प्रकरणमा कोही दोषी भए कारबाही गरेरै छाड्ने बताउँदै आएका छन् ।

संसदको लेखा समितिले वाइडबडी विमान खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न राजन केसीको नेतृत्वमा २ साता अघि उपसमिति गठन गरेको थियो । उसमितिले मंगलबार पर्यटनमन्त्री अधिकारी र मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा सहित बायुसेवा निगमका कर्मचारीलाई बोलाएर जवाफ माग्यो ।

मन्त्रीले दोषीलाई कारबाही गर्छु मात्रै भनेनन्, महालेखा परीक्षक टंकमणि शर्मामाथि पनि दोष लगाए । उनले महालेखा परीक्षकको सल्लाह बमोजिम नै भुक्तानी दिएको र वाइडबडी जहाज भित्र्याएको दाबी गरेका छन् । वाइड बडी प्रकरणले अहिले संसदको सार्वजनिक लेखा समितिमा प्रवेश पाउनुको एकमात्रै कारण हो– महालेखा परीक्षकको प्रतिवेदन । जुन, प्रतिवेदनले नेपाल वायुसेवा निगमले भित्र्याएको वाइडबडी जहाज खरिद प्रकरणमा अनियमिता भएको स्पष्ट रुपमा लेखेको छ ।

मंगलबारको उपसमिति बैठकमा वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको महालेखाको प्रतिवेदनमा उल्लेख भइसकेको थाहा हुँदाहुँदै पनि मन्त्रालयले किन जहाजको भुक्तानी दिएको भनेर सांसदहरुले मन्त्री अधिकारी समक्ष प्रश्न गरे । उसो भए थाहा कसलाई हो त ? ८० मिलियन डलरमा किन्न सकिने विमानलाई १ सय ८ मिलियन डलर किन तिरियो ? ३९ अर्व ऋणमा रहेको निगमले प्रतिदिन १ करोड १० लाख ब्याजमात्रै कहाँबाट ल्याएर तिर्ने ? सांसदको प्रश्न रोकिएन ।

तर मन्त्री अधिकारीको जवाफ चित्तवुझ्दो जवाफ दिन सकेनन् भने घुमाउरो पारामा केही गलत भएको स्विकार गरे । मंगलबार संसदको समितिमा मन्त्री अधिकारी, सचिव तथा अन्य अधिकारीको प्रस्तुतिले वाइड वडी विमान खरिदमा भएको अनियमितताबारे झनै आशंका बढाएको छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang