बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Dec 25, 2018
संघीय संसदको हिँउदे अधिवेशन भोलिदेखि सुरु हुँदै, सात वटै प्रदेशमा संसद सक्रिय
मंगलवार, पौष १०, २०७५

काठमाडौं: संघीय संसदको हिँउदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । संघमा मात्र होइन ७ वटै प्रदेशमा पनि संसद सक्रिय छन् । तर संसदले अपेक्षित प्रभावकारिता प्रदर्शन गर्न नसकेको देखिन्छ ।

प्रदेश १:
असोजको अन्तिम हप्ता बसेको प्रदेश १ संसद बैठक कहिले बस्ने भन्ने अनिश्चित छ । अघिल्लो सालको हिउँदे अधिवेशनले वर्षे अधिवेशनमा प्रदेशको राजधानी र नाम तय गर्ने टुँगो लागेपनि अहिलेसम्म नाम र राजधानीको टुङगो लाग्न सकेको छैन । प्रदेश १ को नाम राख्नेबारे कोशी किरात, कोशी वा सगरमाथा के राख्ने भन्ने विवाद छ । त्यस्तै राजधानीका बारेमा पनि विराटनगर, इटहरी र धरान कहाँ राख्ने भन्ने विषयमा आ-आफ्नै दावी छ ।

प्रदेश २:
मंसिर १६ गते यता प्रदेश नं २ को प्रदेश सभाको बैठक पनि बस्न सकेको छैन् ।
प्रदेश सभाको हिउँदे अधिवेशन चल्नुपर्ने समयमा जारी अधिवेशनको पनि अन्त्य हुन सकेको छैन् ।

प्रदेश ३:
प्रदेशसभा बैठक स्थगित भएको एक महिनापछि पुस ११ गते तीन नम्बर प्रदेशसभाको बैठक बस्ने भएको छ । सोमबार बसेको कार्यब्यवस्था परामर्श समितिको बैठकबाट पुस ११ र १२ गते बैठक बस्ने तय भएको ५ । अबको बैठकले वर्षे अधिवेशन अन्त्य गरेपछि हिउँदे अधिवेशमा स्थायी राजधानीको विषयले प्रवेश पाउने सभामुख सानुकुमार श्रेष्ठले बताए ।

गण्डकी प्रदेश:
गण्डकी प्रदेशको हिउँदे अधिबेशन पुस २३ गतेदेखि शुरु हुने भएको छ । बर्षे अधिवेशन सकिएको साढे ३ महिनापछि सरकारले हिउँदे अधिवेशनको मिति तय गरेको हो । पुष ७ गते बसेको मन्त्रीपरिषद् बैठकले पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको छ ।

प्रदेश ५:
प्रदेश नम्बर ५ को हिउँदे अधिवेशन मंसिर २६ गते बाट हुरु भएको छ । गएको साउन २४ गते विजनेश नभएपछि स्थगगित भएको अधिवेशन चारमहिनापछि २६ गते बुधबारदेखि शुरु भएको हो । सरकारले यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लैजाने जनाएको छ । तर प्रदेशको राजधानी र नामाकरणका विषयमा भने अझै टुङगो लाग्न सकेको छैन ।

कर्णाली प्रदेश:
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य भएको दुई महिना पुगिसक्यो । तर तेस्रो अधिवेशनको टुंगो नहुदा कर्णाली प्रदेशका सांसदहरु फुर्सदिला बनेका छन् । सुरुमै प्रदेशको नाम र राजधानी टुँगो लगाएर चर्चा कमाएको कर्णाली प्रदेश सरकार त्यसयता सुस्त बन्दै गएको छ । देस्रो अधिवेशनभर जम्मा ४१ वटा बैठक भए । पहिलो अधिवेशनमै टेबुल भएका अधिकाँश विधेयकमाथि नै दोस्रो अधिवेशन केन्द्रित रह्यो । आउने अधिवेशनका लागि सरकारसँग अहिले कुनै बिजनेस छैन ।

सुदुरपश्चिम प्रदेश:
सुदूरपश्चिम प्रदेश सरकारले आवश्यक कानुन निर्माणका लागि विधेयकहरु ल्याउन नसक्दा संसदको हिउदे अधिवेशन अनिश्चित भएको छ । असोज २३ गते सकिएको संसदको बर्खे अधिवेशन पछि, हिउँदे अधिवेशनको तयारी नै सुरु भएको छैन । पर्याप्त विजनेस नआएकाले संसद बैठक बोलाउन नसकिएको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले बताए ।

संघिय संरचनामा प्रदेशले काम नपाएको भन्ने चर्चा सुरु भइसकेको छ । प्रदेशले आफ्नो भुमिकालाई अर्थपूर्ण बनाउन तर्फ लाग्नुको साटो समयमा हिँउँदे अधिवेशन सुरु नगरेर आफ्नै भूमिकालाई कमजोर बनाइरहेका छन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang