बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
आर्थिक
Dec 25, 2018
राष्ट्रिय बीमा संस्थानमा ३१ जनालाई रोजगारीको अवसर
मंगलवार, पौष १०, २०७५
काठमाडौं: राष्ट्रिय बीमा संस्थानले सहायक स्तरदेखि व्यवस्थापक पदका लागि ३१ जना कर्मचारीको माग गर्दै आवेदन खुला गरेको छ । संस्थानले लोकसेवा आयोगबाट सहमति लिएर कर्मचारी नियुक्त गर्न सार्वजनिक सूचना जारी गरेको हो ।

बीमा संस्थालने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी उल्लेखित कर्मचारीहरु पदपूर्ति गर्न लागेको हो । इच्छुक उम्मेदवारले तोकिएको दस्तुर तिरेर आवश्यक प्रक्रिया पुराइ निवदेन दिन सक्नेछन् । उनीहरुले पुस अन्तिम साताभित्र आवेदन दिइसक्नुपर्नेछ । संस्थानले चौथो तहको लागि १४ जना माग गरेको छ । ७ जना खुला प्रतिस्पर्धाबाट, महिला, आदिवासि जनजाती, दलित र पिछडिएको क्षेत्रबाट एक/एक जना र मधेशी समुदायबाट ३ जनाको माग गरेको छ ।

छैटौं तहका सहायक व्यवस्थापकमा १५ जनाको लागि माग गरिएको छ । यस पदमा खुला प्रतिस्पर्धाबाट ८ जना, महिला र आदिबासी जनजाती दुई/दुई र मधेशी, अपाङ्ग, पिछडिएको क्षेत्रका एक/एक जनाले रोजगारीको अवसर पाउनेछन् । त्यसैगरि संस्थानले नवौँ तहका व्यवस्थापक एक जना र आठौं तहका सह-व्यवस्थापक एक जना कर्मचारीका लागि आवेदन खुला गरिएको हो ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang