बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
मनोरञ्जन
Dec 26, 2018
‘गजेन्द्र बर्मा लाइभ इन नेपाल’ मा भारतीय गायक बर्माले दर्शकलाई छमछमी नचाए
बुधबार, पौष ११, २०७५
काठमाडौं: भारतीय सांगितिक क्षेत्रमा छोटो अवधिमै चर्चा कमाउन सफल भारतीय गायक गजेन्द्र बर्माले क्रिसमस इभको अवसरमा नेपालमा दमदार सांगीतिक प्रस्तुती दिएका छन् । मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टको संयुक्त आयोजनामा गरिएको सांगीतिक कार्यक्रममा नेपाली दर्शक तथा स्रोताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

‘गजेन्द्र बर्मा लाइभ इन नेपाल’ मा उनले दर्शकलाई छमछमी नचाए । पछिल्लो समय ‘तेरा घाटा’ गीतमार्फत लोकप्रिय बनेका बर्माले पहिलोपटक नेपालमा आफ्नो प्रस्तुति दिएका हुन् । बर्माले क्लब डेजाभूमा राति १२ बजेपछि आफ्नो प्रस्तुति दिएका थिए । उनले दर्शकको अनुरोधमा ‘तेरा घाटा’ दुईपटकसम्म गाएका थिए ।

उनले झन्डै डेढ घण्टा आफ्नो प्रस्तुति दिएका थिए । मेड्ली इभेन्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा भएको ‘गजेन्द्र बर्मा लाइभ इन नेपाल’ मा दर्शकको सहभागिता उल्लेख्य थियो । सांगीतिक कार्यक्रममा गायक बर्माले 'तुने मेरे जाना…, में तेरा ही रहुं…, मेरा जहां जहां…' जस्ता चर्चित गीत प्रस्तुत गरेका थिए । दर्जनौ गीत गाएका गायक बर्माले यति धरैको संख्यामा संगीतप्रमीको सहभागीता भारतमा समेत नदेखेको बताए ।

बेलाबेलामा आयोजना गरिने यस्ता किसिमका सांगीतिक कार्यक्रममले आपसी मित्रतालाई अझै बजबुद बनाउन मद्दत पुग्ने र संगीत क्षेत्रमा युवायुवतीहरुको आकर्षण बढ्दो छ भन्ने कुरा यो कार्यक्रमले प्रमाणित भएको आयोजक डार्क हर्स इभेन्टका अध्यक्ष मनिष ढकालले अखबार नेपाललाई बताए ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang