बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
आर्थिक
Dec 27, 2018
भृकुटीमण्डपमा १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७५ हुने
बिहीवार, पौष १२, २०७५
काठमाडौं: राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग भने मूल नाराका साथ १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७५ को आयोजना हुने भएको छ । छाला जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु तथा छालाजन्य वस्तुहरु उत्पादन गर्ने उद्योगहरुलाई संगठित गरि देशलाई जुत्ता, चप्पल र छाला जन्य वस्तुको क्षेत्रमा आत्मनिर्भर बनाउँदै अन्तर्राष्ट्रिय बजारमा निर्यातका निमित्त प्रतिष्पर्धी बनाउन आईपर्ने समस्या र चुनौतिको सामुहिक रुपमा पहल र प्रयत्न गर्दै देशलाई सम्वृद्ध बनाउनका लागि यो क्षेत्रले पनि केही योगदान पुर्याउन सफल होस भन्ने अभिप्रायले २०५७ सालमा स्थापना भएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले प्रदर्शनीको आयोजना गर्न लागेको हो ।

औद्योगिक प्रदर्शनीको माध्यमबाट आम उपभोक्तबीचमा आफ्ना उत्पादनहरु परिचित गराउने, स्वदेशी उत्पादनको प्रयोगका निमित्त अभिप्रेरित गर्ने, उत्पादक र उपभोक्ताका बिचमा सीधा सम्पर्क कायम गरि उपभोक्ताका गुनासो, सल्लाह सुझावह? प्रत्यक्ष ?पमा प्राप्त गर्ने, जुत्ता चप्पलमा प्रयोग गरिने कच्चा प्रदार्थ, गुणस्तर आदिका बारेमा उपभोक्तालाई जानकारी प्रदान गर्ने अवसरका रुपमा यो औद्योगिक प्रदर्शनीलाई लिईएको आयोजकले जनाएको छ ।

भृकुटीमण्डपको प्रदर्शनीहलमा आयोजना हुने प्रदर्शनी एक सातासम्म चल्नेछ । प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठुला उद्योगह?द्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको सबै उत्कृष्ट उत्पादनहरु एउटै छानामुनि समेटिएको आयोजकले जनाएको छ । प्रदर्शनी अवधिभर उपभोक्ताहरुले स्वतःस्फूर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मूल्यांकन एवं तुलनात्मक रुपमा छनौट गरि सुपथ मुल्यमा बस्तुहरु खरीद गर्ने अवसर पाउनेछन । यस औद्योगीक प्रदर्शनीमा उद्योगहरुले प्रयोग गर्ने कच्चापदार्थहरु समेत प्रदर्शनीमा राखिने भएकोले उपभोक्ताहरुलाई स्वदेशी उत्पादनको गुणस्तरप्रति बिश्वास दिलाउन समेत प्रत्यक्ष सहयोग पुग्ने आयोजकले जनाएको छ ।

स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको उत्पादनमा क्रमिक रुपमा सुधार आएतापनि आन्तरिक तथा बाह्य वजार प्रवद्र्धन गर्ने कार्यक्रमको अभाव भएको अवस्थामा यस किसिमका औद्योगीक प्रदर्शनीले स्वदेशी वस्तुको आन्तरिक एवं बाह्य बजार समेत विस्तार गर्न मद्दत पुग्नेमा आशावादी रहेको आयोजकको भनाई छ । प्रदर्शनी अवधिभर जुत्ता चप्पल र छालाजन्य बस्तुहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ भने शारिरीक अशक्तता तथा जेष्ठ नागरिकहरु, राष्ट्रिय पोशाक लगाएर आउने र स्कुल तथा कलेज बाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईएको छ । साथै प्रदर्शनीमा सेलिब्रेटीहरुको उपस्थितिमा विविध कार्यक्रमहरु समेत संचालन गरिने आयोजकले जनाएको छ ।

प्रदर्शनीको समुद्घाटन शुक्रबार दिनको ठिक १२.३० बजे माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवबाट हुने भएको छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang