बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
आर्थिक
Dec 29, 2018
साताको शेयर बजारमा चार अर्बको कारोवार
शनिबार, पौष १४, २०७५
काठमाडौं: धितोपत्र बजारमा धेरै पछि आज कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै चार अर्बको हाराहारीमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१ मूल्य बराबरको शेयर कारोवार भएको छ । कूल पाँच दिन खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १७ बिन्दुले उकालो लागेको छ । कारोवार हुने पहिलो दिन आइतबार बजार ३२ दशमलव २४ बिन्दुले बढेको थियो । कारोवार रकमसमेत उच्च अङ्कले शुरु भई बजारमा उत्साह देखिएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार उक्त दिन ८८ करोड २१ लाख बराबरको कारोवार भएको थियो । साताभर बजार भने उतार चढावपूर्ण रह्यो । आइतबार उच्च बिन्दुले बढेको शेयर बजार सोमबार भने छ दशमलव ४५ अङ्कले घट्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा झर्यो । स्टकका अनुसार सोमबार कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरीद बिक्री भए ।

मंगलबार पनि धितोपत्र बजारमा शेयरको मूल्य ओरालो लाग्यो । कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७१ बिन्दुले घटेर एक हजार १८६ दशमलव शून्य तीन बिन्दुमा झर्यो । सो दिन कूल १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता शेयर रु ४२ करोड १३ लाख १६ हजार ७२३ मूल्यमा खरीद बिक्री भए ।

बुधबार भने बजारमा उच्च अङ्कको वृद्धि देखियो । कारोवार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६ दशमलव २७ बिन्दुमा पुग्यो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६ दशमलव ४१ बिन्दुले बढेर २५८ दशमलव ८२ बिन्दुमा पुग्यो ।

स्टकका अनुसार कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरीद बिक्री भए । बिहिबार भने नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भयो । सो दिन कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर एक अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ मूल्यमा खरीद–बिक्री भए ।। रासस ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang