बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Dec 29, 2018
डिजिटल प्रविधिको पहुँच र प्रभावकारिता बढेसँगै यसको जोखिम र विकृति पनि उत्तिकै: मन्त्री बाँस्कोटा
शनिबार, पौष १४, २०७५
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महिनाभित्र ल्याइने बताएका छन् । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले प्रविधिको उच्चतम प्रयोग गरी समृद्धिलाई सार्थक तुल्याउन डिजिटल फ्रेमवर्कका आधारमा पाँचवर्षे कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले प्रविधिको पहुँच र प्रभावकारिता बढेसँगै यसको जोखिम र विकृति पनि उत्तिकै रहेको भन्दै प्रविधिको प्रयोगबाट लाभ लिन सकेमात्र त्यसको सान्दर्भिकता हुने उल्लेख गरे । सञ्चारमन्त्री बाँस्कोटाले प्रविधिको सही ढङ्गले प्रयोग गर्नसके मात्र यसको सान्दर्भिकता हुने भएकाले प्रविधि मानिसभन्दा वुद्धिमान र क्षमतावान हुन नहुने धारणा व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले प्रविधिको सरल र उच्चतम प्रयोगका लागि विद्युतीय कारोबारसम्बन्धी कानूनलाई समय सान्दर्भिक बनाइने बताए । प्रविधिको पहुँच अभिवृद्धिका साथै ‘डिजिटल भिडाइड’ कम गर्ने उद्देश्यका साथ सरकारले शुरुवातको रुपमा विद्यालयमा कम्प्युटर शिक्षा शुरु गरेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले कम्प्युटर प्रविधिको माध्यमबाट समाजलाई आधुनिकतातर्फ लैजान र मर्यादित समाज निर्माणमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले प्रविधिको माध्यमबाट विकास र समृद्धिलाई सार्थक तुल्याउन व्यवसायीमैत्री नीति अवलम्बन गर्न जरुरी भएको उल्लेख गरे । क्यान महासङ्घका अध्यक्ष हेमन्तकुमार चौरासिया, क्यानका संस्थापक अध्यक्ष डा विमलकुमार शर्मा लगायतले सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसात् गरेर सूचना प्रविधिको माध्यमबाटै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनेतर्फ आफूहरुको सहकार्य रहने प्रतिबद्धता जनाएका छन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang