बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Dec 31, 2018
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ गुफाडाँडामा आजदेखि राष्ट्रिय जलवायु सम्मेलन सुरु
सोमबार, पौष १६, २०७५
काठमाडौं: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ गुफाडाँडामा आजदेखि राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको छ । जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको हो ।

मेलम्ची बजारबाट साढे ८ किलोमिटर माथि रहेको गुफाडाँडामा सम्मेलनको व्यापक चहलपहल सुरु भएको छ । जिल्लाका विभिन्न स्थान र अन्यत्र जिल्लाबाट समेत स्थानीय सम्मेलनस्थल अवलोकनका लागि आउने क्रम बढेको छ । सम्मेलनमा सहभागी हुनका लागि ७७ जिल्ला समन्वय समितिका प्रमुखसहित तीन जना प्रतिनिधि मेलम्ची आइपुगेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिएका छन् ।

सम्मेलनका आएका विभिन्न जिल्लाका प्रतिनिधिलाई मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग हुदै सम्मेलन स्थलमा ल्याउने तयारी भएपनि मेलम्ची खानेपानी आयोजनामा ठेकेदार प्रकरणले त्यो सम्भव भएन । सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुलाई मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलसम्म अवलोकन गराइएको छ ।

सम्मेलनस्थल गुफाडाँडालाई यतिबेला बेहुली झैं सिगारिएको छ । सम्मेलनस्थलसम्म जानका लागि प्राकृतिक सिँढी निर्माण गरिएको छ भने त्यो सिढीमा सबै जिल्लाको नामअंकित राष्ट्रिय झण्डा फहराइएको छ । सम्मेलनस्थल नजिकै जलवायु परिर्वतनको असर झल्कने स्ट्याचु निर्माण गरिएको छ र सम्मेलनको मुख्य आर्कषणको केन्द्र बिन्दु यही नै भएको छ ।

पहिलो पटक हुन लागेको जलवायु सम्मेलनबाट यसले पारेको असर र प्रभाव लगायतका विषयमा सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै सम्मेलन भोलि सकिनेछ । सम्मेलनमा जलवायु परिर्वतनको असरको विषयमा स्वदेशी र विदेशी विज्ञहरुले कार्यपत्र पेश गर्नै कार्यक्रम रहेको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang